४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

बैगुन्धुरामा स्वास्थ चाैकी भवन उद्घाटन


२१ मंसिर २०७६, शनिबार  

0
Shares

20191207_170604
गौरादह २१, मंसिर / गौरादह नगरपालिका वडा नं ९ बैगुन्धुरामा नवनिर्मित स्वास्थ्य चौकी भवन उद्घाटन गरिएको छ।२०७४ सालमा शिलान्यास गरिएको स्वस्थ्य चौकी भवनकाे गौरादह नगरपालिकाका मेयर तथा कार्यक्रमका प्रमुख अतिथि राेहित कुमार शाहले एक कार्यक्रमका बिच उद्घाटन गरेका छन।भवन उद्घाटन गर्दै मेयर शाहले नागरिकहरुलाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न स्थानीय सरकारले कुनै कसुर बाकी नराख्ने बताए। स्वास्थ्य जस्ताे संबेदनसिल क्षेत्रलाई सहज रुपमा नागरिककाे पहुच सम्म पुर्याउनु स्थानीय सरकारले नगर भित्र रहेका स्वास्थ्य चौकीहरुलाई औषधि उपलब्ध गराउने जानकारी गराउनुभयाे। बैगुन्धुरामा ब्यबस्थित स्वास्थ्य चौकी भवन नहुदा हालकाे वडा कार्यलयकाे स्वमित्वमा रहेकाे भवनमा नागरिकहरुलाई स्वास्थ्य सेवा दिदै आएकाे थियाे।भवन निर्माणका लागि स्थानिय युवराज, शुशिला,उतम,जानुका चौलागाईंले ७ कठ्ठा जग्गा निशुल्क दान दिएका थिए। त्यस स्थानमा तालिम हल, क्वाटर, शाैचालय बाथरुम सहितकाे २ तले ब्यबस्थित स्वास्थ्य चौकी भवन निर्माण गरिएको छ।स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भएकाे र साेहि ठाउँबाट स्वास्थ्य सेवा दिने नागरिकहरुलाई जानकारी गराउन महिला राेग सम्बन्धि स्वास्थ्य शिविर संचालन गरिएकाे छ।स्वास्थ्य चौकी उद्घाटनकाे अवसर पारेर महिलाकाे पाठेघरकाे मुखकाे क्यान्सर सम्बन्धि स्वास्थ्य शिविर संचालन गरिएको हाे।बि.पि.काेईराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान धरानकाे प्राबिधिक सहयाेगमा सम्पन्न शिविरमा २०० जनाले महिलाहरुले स्वास्थ्य लाभ लिएका थिए।शिविरमा डा.पप्पु रिजाल, डा.जाेतसना यादव सहित ५ जनाकाे टाेलिले सेवा दिईएकाे थियो ।शिविरमा उपचार गराउन आउने सबैलाई निशुल्क औषधि समेत बितरण गरिएको थियाे।स्वास्थ्य चौकि उद्घाटन कार्यक्रम गौरादह नगरपालिका वडा नं ९ का वडाध्यक्ष सिताराम भट्टराईकाे सभापतित्वमा कार्यक्रम सम्पन्न भएकाे थियो।त्यसअवसरमा जग्गादाता युवराज चौलागाईं, उतम चौलागाईं, अमर मा.बि. बैगुन्धुराका प्रधानाध्यापक गाेपाल पाेख्रेल लगायतले शुभकामना मन्तब्य राखेका थिए।स्वास्थ्य चौकीका संचालक समिति सदस्य नगेन्द्र बस्नेतले स्वागत मन्तब्य राखेकाे कार्यक्रममा बैगुन्धुरा स्वास्थ्य चौकी प्रमुख बिष्णु बहादुर श्रेष्ठले कार्यक्रम संचालन गरेका थिए।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  ११ : १९ बजे