१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

प्यारालाईसेसबाट पिडित शन बहादुरलाई १ लाख ६ हजार आर्थिक सहयाेग


२० मंसिर २०७६, शुक्रबार  

0
Shares

c9663bf3f3ce93180028465ee87aab62.0

दमक २० ,मंसिर /
शन बहादुर तामाङ्ग सहयोग समिति (बचाउन अभियान) दमकले आज एक कार्यक्रमका बीच विरामी शन बहादुरका पिता सिंह बहादुर तामाङ्गलाई १ लाख ६ हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको छ ।
सहयोग समितिले पत्रकार मञ्च दमकमा आयोजित कार्यक्रममा ७५ हजार रुपैयाँ रकम हस्तान्तरण गरेको हो । शन बहादुर तामाङ्ग सहयोग समितिका संयोजक सम्झना तामाङ्गले उत्त रकम विरामीका बुवा सिंह बहादुरलाई हस्तान्तरण गर्नुभयो ।
सोही कार्यक्रममा तामाङ्ग समुदायको दमक ९मा रहेको साझा संस्थाले पनि ३१ हजार रुपैयाँ प्रदान गरेको छ । नामग्याल कुछे जिन्लब बौद्ध गुम्वा दमक ९ का अध्यक्ष पदम बहादुर तामाङ्गले शन बहादुरका बुवालाई प्रदान गर्नु भएको हो । दुवै संस्थाले जम्मा १ लाख ६ हजार रुपैयाँ प्रदान गरेको छ ।
झापाको दमक–३ ढुकुरपानी स्थित बरगाछी टोलका ३२ बर्षिय शनबहादुर तामाङको उपचारका लागि सहयोगको आब्हान गरेर स्वदेश तथा विदेशबाट मंसिर १९ गते सम्म संकलन गरेको रकम उहाँका पिता सिंहबहादुरलाई प्रदान गरेको सहयोग समितिका सचिव मनकुमार गदाल र संयोजक सम्झना तामाङ्ग द्धारा जारी प्रेस विज्ञप्तमा उल्लेख छ ।
चार बर्षदेखी (शरिर नचल्ने) प्यारालाईसेस भएर ओच्छायनमा थलिएका शन बहादुरको उपचारका लागि बचाउ अभियानको सहयोग संकलन जारी रहने कार्यक्रममा बोल्दै समितिका संयोजक सम्झना तामाङ्गले बताउनु भयो । वौद्ध गुम्वा दमक ९का अध्यक्ष पदम बहादुर तामाङ्गले भविष्यमा पनि शन बहादुरको लागि सहयोग जुटान लागी पर्ने बताउनु भयो ।
आगामी दिनमा पनि शन बहादुर तामाङ्गलाई सहयोग गर्न चाहानु हुने मानुभावहरुलाई प्राइम कमर्शियल बैक दमकको खाता नम्वर ०९१०००६४उम रकम जम्मा गरी सहयोग गर्न सक्ने सहयोग समितिले जनाएको छ ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  ११ : ०० बजे