३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

आठमाैजा बाल संजालकाे उदारहणीय कार्य


१४ मंसिर २०७६, शनिबार  

0
Shares

20191130_194029
गौरीगंज १४, गाैरीगंज / बजार क्षेत्रलाई सफा सुन्दर र दुर्गन्ध रहित बनाउन आठमौजा बाल संजालले खजुरगाछी बजारमा आज सरसफाइ गरेकाे छ। गौरीगंज गाउँपालिका वार्ड नं. -६ स्थित आठमौजा बचत तथा ऋण सहकारी संस्थाकाे बाल संजालले बजार क्षेत्रमा सरसफाइ गरि ब्यापारीहरुलाई फाेहाेर बस्तु डस्बिनमा फाल्न सचेत गराएकाे छ। आठमौजा सहकारी संस्थाका पदाधिकारी र संस्थामा आबद्ध रहेकाे बाल संजालले सरसफाइ सहित सचेतना कार्यक्रम समेत सम्पन्न गरेकाे हाे। संस्थामा आबद्ध रहेकाे बाल सदस्यहरुकाे बाल संजालले खजुरगाछी बजार तथा चौक क्षेत्र सरसफाई गरेकाे छ।सरसफाइ गर्न संजालमा आबद्ध रहेका ३८ जना सहित संस्थाका पदाधिकारीहरु सहभागी रहेका थिए।सरसफाइका क्रममा बजार क्षेत्रमा रहेका पसलहरुमा फाेहाेर बस्तुहरु जहाँ पायाे त्यही नफाल्न र निस्चित स्थानमा जम्मा गरि डस्बिनमा राख्न सुझाव दिएका थिए।सरसफाइ गर्न संजालमा आबद्ध पदाधिकारीहरु हातमा कुचाे,बेल्चा,बाल्टिन लिएर सहभागी भएका थिए।संकलित फाेहाेर बस्तुहरु ठेलामा उठाएर गाेल्छा मिल पछाडिकाे डम्पिङ साइडमा फालिएकाे संस्थाका सदस्य अभिराग लौडारीले जानकारी गराए। बाल संजालका संयाेजक शीर्षक रिमालले मानिसहरुकाे आवतजावत बढी हुने, बजार क्षेत्रमा व्यापार ब्यबसाय गर्न ब्यापारीहरु र ग्राहकहरुकाे समेत संगम स्थल भएकाले दुर्गन्ध रहित बनाउन सधै सफा राख्न आबस्यक रहेकाे जानकारी गराएका थिए।बजारमा बिक्री नभएका र सडेगलेका बस्तुहरु घरबाट निकालिने फाेहाेर जहाँ पायाे त्यहीँ फ्याक्नाले बजार क्षेत्रमा फाेहाेरकाे डंगुर हुदा दुर्गन्धित हुने र झिंगा भन्कदा मानव शरिरमा विभिन्न प्रकारका राेगहरु लाग्न सक्ने भएकाले सरसफाइ गरिएकाे संस्थाका अध्यक्ष अर्जुन दंगालले जानकारी गराए।फाेहाेर जताततै नफाली निस्चित ठाउँमा राख्ननु पर्छ भन्ने सचेतना जगाई, बालबालिकाहरुलाई सामजिक कार्यकाे महत्व र जिम्मेवारीकाे बाेध गराउन कार्यक्रम आयाेजना गरिएको अध्यक्ष दंगालले जानकारी गराए।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  १ : ५७ बजे