३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

गाैरादह महाेत्सवमा खचाखच दर्शक


१२ मंसिर २०७६, बिहिबार  

0
Shares

20191128_193127

गौरादह १२, मंसिर /झापाको गौरादहमा संचालन भएकाे आध्यात्मिक तथा सांस्कृतिक पर्यटन महोत्सवमा जातिय संस्कृति झल्कने नृत्य आकर्षणकाे केन्द्र बनेकाे छ।लाेक संस्कृति र परम्पराकाे संरक्षण र प्रबर्द्धन गर्ने उदेश्यले संचालन गरिएको महाेत्सवमा यस क्षेत्रमा बसाेबास गर्ने विभिन्न जातजातिहरुले आफ्नो भेषभुषामा सजिएर जातिय संस्कृति र परम्परा झल्कने नृत्य प्रदर्शन गरेका छन।गौरादह नगरपालिका ३ स्थित अतिथि सदन प्राङगणमा संचालन भएको महोत्सवमा अवलोकन गर्न आउने दर्शकहरूले महाेत्सव स्थल खचाखच भरिएको छ। महाेत्सव स्थलमा पाथिभरा देबिकाे मन्दिर निर्माण गरिएकाले दर्शन गर्न आउने भक्तजनहरुकाे पनि भिडभाड हुनेगरेकाे छ।गौसाला स्थलमा गाई समेत राखिएकाले गौपुजन समेत नियमित गरिएको समितिका सचिब सान नेपालले जानकारी गराए। महाेत्सव स्थलमा पशुपतिनाथकाे मन्दिर निर्माण गरि संध्याकालिन आरति गरिदै आएकाे छ।आरतिमा सहभागी हुने गुरुहरु मदनराज न्यौपाने,उपेन्द्र अधिकारी,मुकुन्द खतिवडा र रमेश कुमार सास्त्रीले काठमाडौंबाट ल्याएकाे आरतिलाई दैनिक संध्याकालिन संगितमय महा आरति गरिदै आएकाे छ।साे स्थानमा १०८ धारा सहितकाे मुक्तिनाथ मन्दिर,बुद्ध मुर्ति,कलस मन्डब, यज्ञ मन्डव, सगरमाथा र शहिदहरुकाे सालिक समेत निर्माण गरिएको छ। महाेत्सवले ब्यापार ब्याबसाय गर्ने देखि सामाजिक संघ संस्था र क्लबहरूलाई समेत प्रचारप्रसार गर्ने अवसर दिएकाे छ। चित्रकार कुमार सानुले आफ्ने हातले रङ,ब्रस प्रयाेग गरि बनाएका चित्रहरु महाेत्सव स्थलमा प्रदर्शनीका रुपमा रखेका छन।उनले बनाएका चित्रहरु हेर्न आउने दर्सकहरुकाे भिडभाड हुनेगरेकाे छ। हस्त निर्मित चित्रहरु हेर्न आउने दर्शकहरूले प्रदर्शनीमा राखिएका चित्रहरु मनपराएकाले आफुलाई पनि यश प्रकारकाे काम गर्न थप हौसला प्रदान भएकाे कुमार सानू आर्टका प्राे.बिष्णु कुमार थापाले जानकारी गराए।महारानी झाेडा साना किसान कृषि सहकारी संस्थाले उत्पादन गरेकाे नमुना लघु अचार, केवल नेटवर्क,लघु उद्यमी महिला समुहले बनाएका ब्याग झाेला लगायत १४ भन्दा बढी संघ संस्था तथा कम्पनीहरुले ब्यापारीक स्टलहरुमा सामाग्री राखेर प्रचारप्रसार गरिरहेका छन

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहिबार  १ : ४७ बजे