५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

गाैरीगंजसंग जाेडिएकाे सीमाकाे जंगे पिलरमा नेपालकाे राष्ट्रिय झण्डा


९ मंसिर २०७६, सोमबार  

0
Shares

20191125_175019

गाैरीगंज ९, मंसिर / भारतीय सीमासंग जाेडिएकाे झापाको गौरीगंंज गाउँपालिका वार्ड नं. २ काेराेवारी पिन्डालघुट्टुमा आज नेपालका लागि नेपाली अभियानका युवाहरुले ठाउँ ठाउँमा भईरहेको भारतीय अतिक्रमणको विरोधमा प्रदर्शन गर्नुका साथै सीमा स्तम्भ ( जंगे पिल्लर)मा नेपालको झण्डा फहराएका छन् ।

दमक, विर्तामोड लगायतका ठाउँहरुबाट अभियानका अगुवाईकर्ताहरु महेन्द्र प्रसाई, योगेन्द्र खनाल, छवि बाँस्कोटा , मेघनाथ फुयाँल लगायत ५० जनाको टोलीले मध्यान्ह १२ बजेतिर त्यहाँ पुगेर नेपालको झण्डा पिलर नं. १४२ मा गाडेका हुन् ।

अभियानमा सक्रिय फुयाँलले पश्चीम नेपालका कालापानी, लिपुलेक लगायत देशका पूर्वीै भागहरुमा समेत भारतीय पक्षले गरेको अतिक्रमण र सरकारको अकर्मण्यताको विरोधमा नाराबाजी गर्दै सो समुहले सीमा स्तम्भमा नेपालको झण्डा गाडेकाेे बताए ।

अभियानको टोली बस चढेर त्यस तर्फ गएपनि सीमामा पुग्न नसक्ने भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा त्यहाँ पुगेको फुयाँलले जानकारी दिए ।

नेपालका लागि नेपाली अभियानका अभियन्ता महेन्द्र प्रसाइले झापाकाे विभिन्न ठाउँमा भारतीय पक्षले अतिक्रमण गरेकाे थाहा पाएपछि सिमा नाकामा गएर त्यसकाे प्रतिकार गरेकाे बताए । उनका अनुसार भद्रपुर, राजगढ, झापा, गाैरीगंजलगायतका विभिन्न स्थानमा विराेध स्वरूप निरन्तर हामी अभियान कर्ताहरूले सिमा गएर नेपालकाे झण्डा गाडेर विराेध जनाएकाे बताए । अभियानका झापा संयाेजक याेगेन्द्र खनालले नेपालकाे एकटुक्रा जमिन पनि भारतलाई अतिक्रमण नदिने र अतिक्रमण गरे त्यसकाे प्रतिकार गर्ने बताए । भारतले हालै जारी गरेकाे आफ्नाे नक्सामा नेपालकाे कालापानी, लिपुलेक र लिम्पुवाधुरा लगायत विभिन्न स्थानहरू समेटेेेेेकाे भन्दै संयाेजक खनालले आपत्ति जनाउदै त्यसकाे विराेधमा गाैरीगंज आएकाे बताए ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  २ : २५ बजे