१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

आलु खेतीबाट छाेटाे समयमा बढी आम्दानी


४ मंसिर २०७६, बुधबार  

0
Shares

20191120_190744
गौरादह ४,कार्तिक / किसानहरूले छाेटाे समयमा बढी मुनाफा कमाउन सकिने पेशाकाे खाेजी गर्न थालेका छन।धान खेतीलाई मुख्य पेशा मान्दै आएका किसानहरुले त्यसबाट मात्र खर्च धान्न समस्या भएपछि बैकल्पिक पेशाकाे खाेजी गर्न थालेका छन। गौरादह नगरपालिका वडा नं -७ याेगीटारका किसानहरूले सामुहिक आलु खेती गर्न सुरु गरेका छन।गौरादह आई.पि.एम.कृषि सहकारी संस्थाले संचालन गरेकाे आई.पि.एम.कृषि प्रणाली अन्तर्गत किसानहरु आलु खेती तर्फ आकर्षित भएका हुन।आई.पि.एम.कृषि सहकारी संस्था गौरादह -७ मा त्यस क्षेत्रका ६ वटा कृषि संजालहरु सहभागी रहेका छन।आई.पि.एम. कृषि सहकारीबाट किसानहरूले करिव ३ सय ५० के.जि. आलुकाे बीउ पाएपछि किसानहरुलाई आलु खेती गर्न सहज भएकाे हाे।संस्थाले आलु खेती गर्न १५ कठ्ठा जग्गा ६ महिनाका लागि लिजमा लिएर किसानहरुलाई खेती गर्ने बाताबरण तयार गरेकाे संस्थाका सचिव देव कुमार उप्रेतीले जानकारी गराए।तरकारीको राजाकाे रुपमा लिईने आलु खाद्य बालिकाे रुपमा मात्र नभइ नगदे बालिकाे रुपमा पनि किसानहरूले लिनथालेका छन। आई.पि.एम. कृषि प्रणाली अन्तर्गत गरिने खेतिमा रासायनिक मल र बिषादी प्रयाेग नहुनुका साथै जैविक मल प्रयाेग गरि उत्पादन गरिने भएकाले स्वास्थ्यका लागि समेत फाईदाजनक हुने देखिन्छ । किसानहरुले पहिलो दिन १ सय ५० के.जि. आलुकाे बीउ राेपेका छन।आई.पि.एम.कृषि सहकारी संस्था गौरादह अध्यक्ष युवराज पौडेलकाे सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा गौरादह नगरपालिका वडा नं ४ का वडाध्यक्ष मणिन्द्र कार्की प्रमुख अतिथि रहेका थिए।त्यसअवसरमा वडा नं -६ र ७ का वडाध्यक्षहरु खड्ग पराजुली र बलराम खरेल, वडा नं ७ वडा सदस्य यसाेदा दहाल, कारितास नेपालका टंक कट्टेल लगायतले शुभकामना मन्तब्य राखेका थिए। सहकारीका उपाध्यक्ष कृष्ण बहादुर कार्कीले कार्यक्रम संचालन गरेका थिए।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  १ : २२ बजे