२८ माघ २०८२, मंगलबार | Tue Feb 10 2026

‘गाे ब्याक इन्डिया’ नारा लगाउदै गाैरीगंजमा विध्यार्थीकाेे विराेध प्रदर्शन


२९ कार्तिक २०७६, शुक्रबार  

0
Shares

20191115_133124
गाैरीगंज २९,कार्तिक / भारतले सीमा मिचि नेपालकाे भुभाग हस्तक्षेप गरेकाे भन्दै विध्यार्थीहरूलेे आज गाैरीगंजमा विराेध प्रदर्शन गरेका छन् ।
स्वतन्त्र विध्यार्थी युनियन गाैरीगंजकाे अगुवाईमा यस क्षेत्रका विध्यालयमा अध्ययनरत विध्यार्थीहरूले ‘ गाे ब्याक ईन्डिया’ नारा लागाउदै गाैरीगंज बजार परिक्रमा गरि विराेध प्रदर्शन गरेका हुन् । नेपालकाे दार्चुलास्थित कालापानी, लिपुलेक र लिम्पुवाधुरा क्षेत्रलाई भारतले आफ्नाे नक्सामा गाभेर जारी गरकाेे भन्दै विध्यार्थीहरूले प्रर्दशन गरेका हुन् । कालापानी हाम्राे हाे, लिपुलेक हाम्राे हाे, लिम्पुवाधुरा हाम्राे हाे, माेदी सरकार मुर्दावाद, भारतीय विस्तारवाद मुर्दावादलगायतका नारा लगाउदै विध्यार्थीहरूले प्रदर्शन गरेका थिए । र्यालीपछि गाैरीगंज चाैकमा काेणसभा भएकाे थियाे । काेणसभामा गाैरीगंज गापा उपाध्यक्ष दिपिन्द्र थापा, वार्ड नं. ३ का अध्यक्ष मखना महताे, वार्ड सदस्य हेमा आचार्य, युवा समाजसेवी श्रवण गिरीलगायतले भारतकाे यस किसिमकाे हस्तक्षेपकारि चरित्र नेपालीहरूकाे लागि सहिय नभएकाे बताउदै सम्पुर्ण नेपालीले त्यसकाे विरूद्व डटेर अघि बढ्नु पर्ने धारणा राखेका थिए । विध्यार्थी नेता देवकुमार ताजपुरियाकाे सभापतित्वमा भएकाे काेण सभाकाे सञ्चालन विध्यार्थी नेता कृष्णदास बाबाजीले गरेका थिए ।

20191115_133146

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ७ : ४६ बजे