३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

गाैरीगंज कांग्रेसमा सर्वसम्मतले पुनः कार्की सभापतिमा चयन, बरिष्ठ नेताहरू झापा आउने


२५ कार्तिक २०७६, सोमबार  

0
Shares

20191111_211257

गाैरीगंज २५, कात्तिक /
गाैरीगंज नेपाली कांग्रेसकाे पार्टी समायाेजन कार्य आज सम्पन्न भएकाे छ । नेपाली कांग्रेस गाैरीगंज सभापतिमा राजेन्द्र कार्कीलाई सर्वसम्मत चयन गरिएकाे छ । कांग्रेसकाे विधान बमाेजिम कार्कीलाई सभापतिमा सर्वसम्मत चयन गरिएकाे हाे ।
गाैरीगंज गाउँपालिकाकाे वार्ड नं. ६ काे सभाहलमा सभापतिमा कार्कीसहित सहसभापतिमा वद्री नारायण यादव, अघ्नु राजवंशी, दिनेश राजवंशी सर्वसम्मत चयन भएका हुन् । संघिय सांसद महेन्द्रा कुमारी सुब्बाकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा महासमिति सदस्यहरू घनश्याम रिजाल, अनिलकृष्ण प्रसाईं, फुलवती राजवंशी , नाैताली राजवंशी प्रदेश संयाेजक तथा गाैरादह नगरपालिकाका प्रमुख राेहित कुमार साह,क्षेत्रिय सभापति डुण्डीराज भण्डारी, नगरसभापति यादवराज सेडाई, जिल्ला सदस्य तथाा गाैरीगंज गाउँपालिका उपाध्यक्ष दिपिन्द्र थापा, कानुन विज्ञ नारायण प्रसाद, पर्शुराम बानियाँल, कार्तिकलाल राजवंशी, बद्रीनारायण यादव लगायतकाे उपस्थिति थियाे । राजेन्द्र कार्कीकाे सभापतित्वमा भएकाे कार्यक्रमकाे स्वागत अघ्नु राजवंशीले स्वागत गरेकाे कार्यक्रमकाे सञ्चालन अशाेक यादवले गरेका थिए ।

त्यसैगरी नेपाली काँग्रेस झापाको आज सोमबार बसेको संयुक्त बैठकले यही कात्तिक २८ गते बरिष्ठ नेता रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा जिल्लास्तरीय कार्यकर्ता भेला सम्पन्न गर्ने निर्णय गरेको छ ।

बिर्तामोडस्थित नें।का। जिल्ला पार्टी कार्यालयका दिनको १२ बजे आयोजना हुने सो जिल्ला भेलालाई बरिष्ठ नेताका साथै केन्द्रीय नेतहरु डाक्टर शेखर कोइराला, अर्जुननरसिंह केशी, रामशरण महत, मिनेन्द्र रिजाल, बद्री पाण्डे, सरिता प्रसाई लगायतले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको पार्टी प्रचार बिभाग प्रमुख कृष्ण हुमागाँईले जानकारी दिनुभयो । नेताहरुले देशको वर्तमान संकटपूर्ण अवस्थामा नेपाली काँग्रेसले निर्वाह गरिरहेको भूमिका र काँग्रेसका नेता कार्यकर्ताहरुको दायित्माथि प्रवचन दिनुहुने बताइएको छ ।

पार्टीको जिल्ला समिति, क्षेत्र, प्रदेश क्षेत्र, नगर र गाउँ समितिका पदाधिकारीहरु सम्मिलित संयुक्त बैठकले कार्यकर्ताहरुको व्यापक सहभागिताका लागि संगठनका सवै युनिटहरुमा २६ गते नै वैठक गरेर सबै कार्यकर्तामा सूचना सम्प्रेषण गर्ने निर्णय गरेको पार्टी प्रवक्ता लोकराज ढकालले जानकारी दिए।

पार्टी सभापति उद्वव थापाको सभापतित्वमा बसेको सो संयुक्त बैठकले पूर्वको पशुपतिनाथका नामले प्रसिद्ध अर्जुनधारा जलेश्वर धामको ३७ औ। अनुष्ठानका अवसरमा महाबीर सेवा सदन कलकत्ताले यही मंसिर १३ देखि २० गतेसम्म अपाङ्गता भएका व्यक्तिहरुलाई निःशुल्क कृत्तिम हात, खुट्टा जडान गरिने स्वास्थ्य शिविर सञ्चालन गरेकोले आम सर्वसाधारणमा सूचना प्रवाह गर्न मातहतका पार्टी इकाइहरुलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  ३ : ३१ बजे