३० माघ २०८२, बिहिबार | Thu Feb 12 2026

भ्वाइस अफ नेपालको भोटिङ राउण्ड खुल्ला , गायक बलबहादुर राजवंशीले आफुलाई भाेट गर्न गर्याे आग्रह


२२ कार्तिक २०७६, शुक्रबार  

0
Shares

20191108_213954
गाैरीगंज २२, कार्तिक / हिमालय टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी शो “द भ्वाइस अफ नेपाल”को भोटिङ राउन्ड खुल्ला गरिएको छ । कोचमा सिमित अधिकारी आजको “लाईभ राउन्ड” को पहिलो एपिसोडबाट आम संगीतप्रेमी माझ पनि आएको छ । गएको नक आउट राउण्ड पार गरि टप १२ मा परेका झापा गौरादहका गायक बल बहादुर राजवँशी लाइभ राउण्डमा प्रवेश गरे संगै आफ्ना आवाजका फ्यान, सुभचिन्तक तथा देश बिदेशमा छरिएर रहेका सम्पुर्ण नेपालीहरुलाई आफुलाई भोट गर्न अनुरोध गरेका छन् ।

उनले पाएको भोटिङ कोर्ड ३ रहेको छ । उनलाई जिताउन अबको प्रत्येक हप्ताको प्रस्तुती पछी नेपालबाट मोवाइलको म्यासेज बक्समा ०३ टाइप गरि ३७००० नम्बरमा पठाउनु पर्नेछ । बिदेशबाट पनि एसएमएस मार्फत भोट गर्न सकिने छ । जस अन्तर्गत कतारबाट भोट गर्दा म्यासेज बक्समा ३ टाईप गरि ९२३०० नम्बरमा पठाउनु पर्नेछ । त्यसैगरि ईन्डियाबाट भोट गर्नलाई म्यासेजमा बल बहादुरको कोड ३ टाईप गरि ५३०१० मा पठाउनु पर्नेछ भने प्रभु पे एप्स डाउनलोड गरि अनलाइनबाट पनि बिश्वभरबाट भोट गर्न सकिने छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ४ : ०३ बजे