५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

गाैरादहमा जनप्रतिनिधिको लिखितरूप मै वैठक बाेलाउन माग


२० कार्तिक २०७६, बुधबार  

0
Shares

c0a926a90d540a0d028b119e6606fc17.0

गाैरादह २०, कार्तिक / गाैरादह नगरपालिका कार्यपालिका बैठक यथासिघ्र बसाउन माग राख्दै नगर प्रमुख लाई बुधवार ध्यानाकर्षण पत्र बुझाईएको छ । लामाे समयसम्म
कार्यपालिका बैठक नबाेलाउदा नगरका दैनिक कार्य सञ्चालन गर्न समस्या परेको भन्दै १४ जना कार्यपालिका सदस्यद्धारा हस्ताक्षरित पत्र बुझाईएको हो ।

ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘नगरप्रमुखले नियमित बैठक आह्वान नगर्नु भएका कारण नगरपालिकाबाट हुने सम्पुर्ण कामहरु प्रभावित भई कार्यालयबाट हुने दैनिक काम योजनाहरु प्राय रुपमा ठप्प भएका छन् जसका कारण आम जनताले दुःख पाईरहेका छन् भनें अन्य प्रसासनिक काम प्रभावित भएका छन् । नगरपालिकाको महत्वपूर्ण रुपमा रहेको प्राविधिक तर्फका करारका कर्मचारीको समयवधि आश्विन मसान्तबाट समाप्त भई झन समस्याग्रस्त भएको छ ।
नगरप्रमुखलाई पटक पटक मौखिक रुपमा कार्यपालिका बैठक बोलाउन आग्रह गरेता पनि लामो समय देखि कार्यपालिका बैठक नबोलाएको हुँदा बाध्य भएर कार्यपालिकाको बैठक बोलाउन आग्रह गरिएकाे जनाईएकाे छ ।
कार्यपालिकाका बैठक अविलम्व ३ दिन भित्र वोलाउन र उत्त बैठकका विषय वस्तु सहित छलफल गर्न माग गरिएकाे नगर प्रवत्ता नगेन्द्र भण्डारी जानकारी दिएका छन् । उनले विध्मान नगरका समस्याहरू तत्काल छलफलकाे माध्यमबाट अघि वढ्नु पर्ने धारणा राखे ।
ध्यानाकर्षण पत्रमाा करारका प्राविधि कर्मचारी सम्वन्धमा व्यवस्था गर्नुपर्ने सम्वन्धमा यथासिघ्र छलफल गरि किनारा लगाउनु पर्ने, कर्मचारी भर्नाको लागि विज्ञापन प्रकाशन गर्नु पर्ने, तराई मधेस समृद्धि कार्यक्रम, समपुरक बजेट माग, फोहोर व्यवस्थापन सम्वन्धी कार्य अगाडि बढाउनको लागि यथासिघ्र कार्यपािलका बैठक बोलाउनु पर्ने माग गरिएको छ ।

f5b2400b9052093de3803b34a1d4ca4f.0

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  १ : ३६ बजे