१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंज गाभुर फ्रन्टले आयाेजना गरेकाे सामुहिक हुकाहुकी भव्यरूपमा सम्पन्न


१० कार्तिक २०७६, आइतबार  

0
Shares

20191027_201003

20191027_200928
गाैरीगंज १०, कार्तिक /
शुभ दिपावलीको अवसरमा आइतबार काेेचिला गाभुर फ्रन्ट गाैरीगंजले सामुहिक हुकाहुकी कार्यक्रमकाे आयाेजना गरेेेेेकाे छ । घरघरमा हुक्काहुक्की खेल्ने परम्परा रहेपनि पछिल्लाे समयमा संस्कृतिकाे जगेर्ना गर्नेे र एकआपसमा सम्बन्ध प्रगाढ बनाउनेे ृ उधेश्यले फ्रन्टले यसप्रकारकाे सामुहिकरूपमा हुकाहुकी खेलकाे आयाेजना गरेकाे हाे ।

तराईका काेच आदिवासी समुदायले परम्परागत रुपमा मनाउदै आएको हुक्काहुक्की खेल दादो दादी भनेर हजुरबा हजुरआमालाई सम्झिदै मनाएका हुन् ।
हर्साेल्लासका साथ मनाइने गरेको हुक्काहुक्की मनाउन पूर्वका राजवंशी, ताजपुरिया,गन्गाई , माझी समुदायमा त्यस किसिमको सांस्कृतिक खेलहरु सामूहिकरुपमा आयोजना गरिएको हो । दादो दादी हुक्का दे भन्दै सुन्ठीमा आगो बालेर आकाशतिर फाल्ने खेल हुक्का हुक्की विशेेेेेषतः लक्ष्मीपूजाको दिन साँझमा खेल्ने गरिन्छ ।
दिवंगत हजुरबुबा, हजुरआमा वा जोसुकै पितृहरुलाई ‘हामीले तिमीलाई सम्झिएका छौं हामीलाई आशीर्वाद देउ’ भनी आशीर्वाद माग्दै हुक्काहुक्की खेल्ने परम्परा रहेको काेचिला गाभुर फ्रन्ट गाैरीगंजकी सल्लाहकार नाैताली राजवंशीले बताईन् । उनले भनिन् – ‘हुकाहुकी खेल आदिवासी समुदायमा विशेष महत्व रहेको छ । आदिवासी समुदाय बसोवास रहेको स्थानमा हुक्काहुकी खेल परापूर्वदेखि खेल्दै आएको छ । तर समयको परिवर्तनसँगै सांस्कृतिक महत्व बोकेको हुकाहुकी पर्व सुन्ठीको अभाव र युवापुस्तामा पर्वबारे जागरुकताको कमीले दिनानुदिन लोप हुदै गएको छ ।’ लक्ष्मी पूजाको विहानै आ–आफ्नो धान खेतमा गई ‘ लोकेर धान आउल बाउल हामार धान दुधेर चाउल, लोकेर धान हेकाबेका हामार धान दुधेर टेका सोरा…. सोरा’ ( अरु भन्दा हाम्रो धान राम्रो फलोस, अरुको धान भन्दा हाम्रो धान दुधको जस्तो होस) भन्दै आर्शिवाद माग्ने चलन रहेकाे महिला नेतृ फुलवती राजवंशीले बताइन् । उनले भनिन – ‘खेतबाट इलुवा (एकप्रकारको घाँस) घरमा ल्याएर सुन्ठीलाई बाधेर हुक्का बनाईन्छ । घरको देवता र महाराजथानमा हुक्का चडाएर देवतासँग घरका सबै सदस्यलाई वर्षभरि निरोगी र सुख सयलमा राख्नु भन्दै आर्शिवाद लिने चलन छ ।’
समाजसेवी पर्वत राजवंशीले साँझपख सामुहिकरुपमा हुक्कामा आगो सल्काएर हुक्का हुक्की खेल खेल्ने गछर्न । हुक्का हुक्की खेल खेलिसकेपछि मान्यजनहरुबाट आर्शिवाद लिई प्रसादको रुपमा पिठ्ठ (चामलको पिठोले बनाएको एक परिकार ) खाने चलन रहेको बताए । कार्यक्रममा उपस्थिति अतिथि तथा सहभागीहरूले सामुहिकरूपमा हुक्काहुक्की खेल्नुकाे साथै विभिन्न काेच जातिकाे लाेक तथा आधुनिक गीतहरूमा नृत्य प्रस्तुत गरिएकाे थियाे ।
20191027_200917
काेचिला गाभुर फ्रन्ट गाैरीगंजकि अध्यक्ष बविता राजवंशीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख अतिथि फुलवति राजवंशी थिए भने विशेष अतिथि गाैरीगंज गाउँपालिका वार्ड नं. ६ का अध्यक्ष वद्रीनारायण यादव, वार्ड सदस्य मुकेश साह, रमकुमारी विक, अतिथिकाे रूपमा लभारीलाल राजवंशी, पत्रकार आत्माराम राजवंशी, लक्ष्मी प्रसाद राजवंशी, मेघराज राजवंशीलगायतकाे उपस्थिति थियाे । कार्यक्रमकाे स्वागत फ्रन्टकी पुर्णीमा राजवंशीले गरेकी थिइन् भने सञ्चालन नाैताली राजवंशीले गरेकी थिइन् । कार्यक्रमकाे सहआयाेजक प्रवासी मञ्च थियाे ।
20191027_200904

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  २ : ५८ बजे