१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

पीडित परिवारको माग सम्बोधन गर्ने सहमति जुटेपछि परिवारले जङ्ग बहादुर राजवंशीकाे शव बुझ्याे


१० कार्तिक २०७६, आइतबार  

0
Shares

20191027_191656
बिर्तामोड १०, कार्तिक / डल्फिन यातायातसंगकाे सहमति पछि चालक जंग बहादुर राजवंशीको शव परिवारले बुझेकाे छ । हिजाे राती करिब ९ बजे पीडित परिवार, डल्फिन कम्पनीका प्रतिनिधि, राजवंशी समाज विकास समिति झापा र यातायात व्यवसायी बीच भएको छलफलमा पीडित परिवारको माग सम्बोधन गर्ने सहमति जुटेपछि परिवारले शव बुझ्न तयार भएकाे हो ।

राजवंशी विकास समितिका अध्यक्ष पुकार राजवंशीका अनुसार किरिया खर्चका लागि १ लाख र विमा वापत पाइने रकम १ महिनाभित्र परिवारलाई दिने सहमतिका आधारमा परिवारले शव उठाउने भएको छ । आजै किरिया खर्च वापतको रकम परिवारले १ लाख बुझेकाे छ । दुर्घटना विमा वापतको ५ लाख वा सामाजिक सुरक्षा कोष अन्तर्गत ७ लाख मध्ये एउटा शिर्षकको रकम मृतक चालकको परिवारलाई दिइने गरी सहमति भएको छ । छलफलले नियन्त्रण रहेका वसहरु छोड्ने सहमति गरिएको छ ।

चालक राजवंशीको उपचारको क्रममा मृत्यू भएको थियो । उनको शव अस्पतालबाट बाहिर निकाल्न ५ लाख २५ हजार रकम अभाव भएपछि परिवारले कम्पनी गुहारेको थियो । कम्पनीले शुरुआतमा वास्ता नगरेपछि अन्य चालकले १३ वटा सो कम्पनीका बस इलाका प्रहरी कार्यालय अनारमनीमा बुझाएका थिए ।
20191027_191622

गत असोज २६ गते मोरङस्थित उर्लावारीमा भेनसँग ठोक्किएर दुर्घटनामा परेका चालकको बिर्तामोडस्थित विएण्सी अस्पतालमा उपचारको क्रममा मृत्यू भएको थियो । डेरा गरी बस्ने राजवंशीको दुई सन्तान छन् ।

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  १ : ३३ बजे