गाैरीगंज ९, कार्तिक / गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले ७५ प्रतिशत उपभोक्ता समितिहरूले विनियाेजन गरेकाे वजेट अनुसार खर्च नभएकाे बताएका छन् ।
गाैरीगंज गाउँपालिका वार्ड नं.४ ले शुभ दिपावली तथा छठ पर्वकाे अवसरमा शुक्रबार आयाेजना गरेकाे शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष श्रेष्ठले गाउँपालिकाले विनियोजन गरेकाे वजेट अनुरूप खर्च नभएकाे हुदा कमसल कार्य भईरहेकाे बताए । कार्यक्रमकाा प्रमुख अतिथिसमेत रहेका अध्यक्ष श्रेष्ठले उपभोक्ता समितिकाे प्रशङ्ग काेट्याउदै २ लाख रूपैयाँकाे बजेटमा उपभाेक्ता समितिले २५ हजार रूपैयाँ लिएकाे खुलासा समेत गरेे । उनले भने – ‘ गाउँपालिकाले बजेट विनियाेजन गर्छ त्याे अनुसारकाे काम उपभोक्ता समितिले गर्दिदैन, अनि दाेष जनप्रतिनिधिलाई दिनेे ?’ विकास निर्माणकाे काममा सबै जनता सजग र सचेत रहन आग्रह गर्दै अध्यक्ष श्रेष्ठले त्यसकाे निगरानी गरिदिन समेत अनुराेध गरे । जनप्रतिनिधि भएर आएकाे २ वर्ष २ महिनामा पहिलाे वर्ष विकास निर्माण कार्यमा यथेष्ठ वजेट छुट्याए पनि साेचे अनुरूपकाे प्रगति गर्न नसकेकाे तर दाेस्राे वर्षमा गाउँ पालिकाले विकासकाे फड्काे मारेकाे अध्यक्ष श्रेष्ठले दावी गरे । गत वर्ष ७ कराेड रूपैयाँ फ्रिज भएकाे बताउदै अध्यक्ष श्रेष्ठले विकास निर्माणलगायत अन्य याेजनाहरू समयमै सम्पन्न गर्न सबैकाे साथ सहयाेगकाे अपेक्षा आफुले गरेकाे बताए ।
गाउँपालिकाले सबै जातजाति, वर्ग, समुदायका लागि वजेट छुट्याएकाे बताउदै अध्यक्ष श्रेष्ठले त्यसकाे चासाे र हेक्का सम्बन्धित समुदायका अगुवाहरूले लिई वजेटकाे सदुपयाेग गर्नसमेत आग्रह गरे । ‘आदिवासी जनजाति, महिला, वालवालिका, मधेशी, युवालगायत सबै शिर्षकमा गाउँपालिकाले बजेटकाे विनियाेजन गरेकाे छ’ अध्यक्ष श्रेष्ठले थपे वजेट विनियाेजन गरे अनुरूप कार्य भए नभएकाे र जनताकाे समस्या पिरमार्का बुझ्न जनताकाे संवादमा आफु गाउँ गाउँ टाेल टाेल हिड्ने गरेकाे छु ।’ गाैैरीगंंज गाउँपालिका वार्ड नं. ४ का अध्यक्ष कुलप्रसाद गिरीकाे अध्यक्षमा भएकाे कार्यक्रममा वार्ड नं. ३ का वार्ड अध्यक्ष मखना महताे, २ नं. वडाका अध्यक्ष अघगु प्रसाद राजवंशी, १ का अध्यक्ष कार्तिकलाल राजवंशी, पुर्व गाविस अध्यक्ष देवी प्रसाद राजवंशी, नेकपा प्रतिनिध विष्णु न्याैपाने, केदार ढुंगेल, प्रहरी निरीक्षक गणेश भट्टराई, पाण्डव झा, कांग्रेस गिरीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा सहभागीहरूले यश किसिमकाे शुभकामना आदानप्रदान कार्यक्रम पहिलाे पटक वार्डलेे राखेर सर्हानिय कार्य गरेकाे भन्दै प्रशंसा गरेका थिए । वार्ड सदस्य राजकुमार राजवंशीले स्वागत गरेकाे कार्यक्रमकाे सञ्चालन वार्ड सचिव अजय साहले गरेका थिए ।
८ कार्तिक २०७६, शुक्रबार
0
Shares