५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

महताे समाजकाे रक्तदानसहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न


६ कार्तिक २०७६, बुधबार  

0
Shares

20191023_180533

गौरीगंज ६, कार्तिक / नेपाल महत्ताे समाज कल्याण परिषद केन्द्रीय समिति गौरीगंजले आज रक्तदान, शुभकामना आदनप्रदान एवं बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न गरेकाे छ।शुभदिपावली तथा छठ पर्वकाे उपलक्ष्यमा प्रत्येक वर्ष मनाेरन्जनात्मक सांस्कृतिक कार्यक्रमका साथ रक्तदान कार्यक्रम सहित मनाउदै आएकाे शुभकामना आदन प्रदान कार्यक्रमलाई यश वर्ष पनि निरन्तरता दिएकाे महत्ताे समाजका अध्यक्ष मखना महताेले बताए।
20191023_180440
नेपाल रेडक्रस साेसाईटी उप शाखा दमककाे प्राबिधिक सहयोग रहेकाे रक्तदान कार्यक्रममा एक महिला सहित ४८ जनाले रक्तदान गरेका थिए। रक्तदान कार्यक्रममा गौरीगंज क्षेत्रका प्रहरी, सशस्त्र प्रहरी, कर्मचारी सहित स्थानीय बासिहरु सहभागी भएका थिए। संकलित ४८ पिन्ट रगत नेपाल रेडक्रस साेसाईटि रक्तसञ्चार शाखा दमकमा जम्मा गरिएकाे आयाेजकले जनाएकाे छ।अतिथि सदन प्राङ्गणमा संचालन गरिएको सांस्कृतिक कार्यक्रममा स्थानीय तथा बाहिय कलाकारहरुले कला प्रदर्शन गरेका थिए।कलाकारहरुले प्रदर्शन गरेकाे कलाले दर्शकहरुलाई भरपुर मनाेरन्जन दिएकाे थियाे। स्वागत डान्स सेन्टर दमककाे बेजाेड प्रस्तुति रहेकाे थियाे।गौरीगंज क्षेत्रमा रहेका बिद्यालयका बिद्यार्थीहरुले नृत्य प्रदर्शन गरेका थिए। गौरीगंज दर्पणका सम्पादक तथा पत्रकार मदन राजवंशीले गजल प्रस्तुत गरेका थिए। 20191023_180503

समितिले एक जना पत्रकारसहित महत्ताे समाजका जेष्ठ सदस्य दुई जनालाई सम्मान गरिएको थियाे। सम्मानित हुनेहरुमा हिम शिखर टेलिभिजनका समाचार प्रमुख सुदिप अधिकारी, ७३ बर्षिया रामजी महत्ताे र ७२ बर्षिया सुनदाई महत्ताे रहेका छन । रक्तदान तथा नृत्यमा सहभागीहरुलाई प्रमाणपत्र बितरण गरिएको थियाे।महत्ताे समाजका केन्द्रीय अध्यक्ष मखना महत्ताेकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा गौरिगंज गाउपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ प्रमुख अतिथि रहे पनि कार्य व्यस्तता कारण जेष्ठ नागरिक ग्वालचन महताेले कार्यक्रमकाे उद्घाटन गरेका थिए।त्यसअबसरमा नेपाली कांग्रेसका महासमिति सदस्य अनिल कृष्ण प्रसाईं, नेकपा गाैरीगंज अध्यक्ष विध्यानन्द सिंह राजवंशी, उद्योग बाणिज्य संघ शाखा गौरीगंज उपाध्यक्ष निरज अग्रवाल, नवजाग्रिती युवाक्लव अध्यक्ष श्रवण गिरी, वडा सदस्य राजेन्द्र ताजपुरिया लगायतले शुभकामना मन्तब्य राखेका थिए। महत्ताे समाजका सदस्य सन्ताेष महत्ताेले स्वागत मन्तब्य राखेकाे कार्यक्रममा सचिव कृष्ण महत्ताेले संचालन गरेका थिए।
20191023_144228

20191023_181227
20191023_181212

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  १२ : २७ बजे