११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

गाैरादहमा आध्यात्मिक तथा सांस्कृतिक पर्यटन महाेत्सव हुने


३ कार्तिक २०७६, आइतबार  

0
Shares

20191020_165709

गौरादह ३, कार्तिक / नेपाल मानव धर्म सेवा समिति गौरादहको आयोजनामा आध्यात्मिक तथा सांस्कृतिक पर्यटन महोत्सव – २०७६ हुने भएको छ ।
छरिएर रहेका मौलिक कला, संस्कृतिक र परम्परा तथा रितिरिवाजलाई संरक्षण गर्दै आन्तरिक पर्यटनलाई मद्यत पुयाउने उद्देश्य मंसिर ८ गते देखि १६ गतेसम्म गौरादहमा पर्यटन महोत्सव गर्न लागिएको हो । नेपाल मानव सेवा समितिले पर्यटन महोत्सवबारे जानकारी गराउन आज आयोजना गरिएको पत्रकार सम्मेलनमा गौरादह नगरपालिकामा सुविधा सम्पन्न सामुदायिक सत्संग हल निर्माण, आध्यात्मिक चेतनाको माध्यमबाट नैतिकवान तथा चरित्रवान नागरिक र लागु पदार्थको दुव्र्यसनी जस्ता कुलतमा लागेका युवाहरुको लागि लक्षित कार्यक्रम सञ्चालन गर्ने महोत्सवका संयोजक तिलक खनालले बताए ।
गौरादह नगरपालिका वार्ड नंं. ४ थामी डाडामा आध्यात्मिक समुदायिक भवन निमार्ण गर्ने मुख्य उद्देश्यले हुन लागेको यस महोत्सवमा हिन्दु धर्मालम्वीहरुको आस्थाकी पाथीभरा देवीलाई पूजापाठ गर्न सक्ने गरि डमी प्रतिस्थापन गर्नुका साथै विभिन्न धर्म जातजाति, भाषाभाषी, धार्मिक पुस्तक, स्थानीय उत्पादनका स्टलहरु राखिने उनले बताए ।
महोत्सवमा आध्यात्मिक झल्काउने चित्रकला र मूर्तिकलाको प्रतिकात्मक सन्देश फैलाउने तस्विरहरु राखिनुका साथै उदघाटन् कार्यक्रमका दिन ५००१ शान्ति कलशसहितको सोभा यात्रा उक्त धार्मिक यात्रामा भारतिय प्रख्यात बैन्डले साथ दिने छ ।
महोत्सवमा राष्ट्रिय र अन्तर्राष्ट्यि रुपमा ख्याती कमाएका व्यासार्चाय भुवन न्याैपाने मुखारविन्दुबाट अन्तर्राष्ट्यि कलाकार सहित संगीतमय श्रीमत् भागवत महापुराण कथावाचन, गौशालाको व्यवस्था तथा गौपूजन, मानव उत्पति र विकासक्रम झल्काउने खालका रहस्यमय चित्रकलाहरुको प्रदर्शनी, लोकप्रिय धार्मिक पर्टकीय क्षेत्रको बारेमा तयार पारीएका खोज मूलक वृत्रचित्रहरुको प्रदर्शनी, स्व. नरबहादुर डिट्ठाको स्मरणमा तयार पारिएको एकांकी नाटकमा प्रदर्शनी तथा नैतिक आचरण र शिक्षा प्रदान गर्न सकिने लघु नाटकहरुको प्रदर्शनी लगायतका मुख्य महोत्सवका आकर्षणहरु रहने छ ।
पत्रकार सम्मेलनमा गौरादह नगरपालिका वार्ड नं. १ का अध्यक्ष नगेन्द्र भण्डारीले पर्यटन महोत्सवले यस क्षेत्रमा रहेका धार्मिक, ऐतिहासिक रुपमा रहेका पुरातात्विक धरोहरहरु, स्थानिय विभिन्न जाति जातिको भाषा, कला, संस्कृति राष्ट्रिय तथा अन्तरार्ट्रिष्यरुपमा प्रचार प्रसार भई पर्यटन वर्षलाई मद्यत मिल्ने बताए । यस क्षेत्रमा रहेका पुरातात्विक महत्व बोकेका क्षेत्रहरुको संरक्षण, सम्बद्र्वन र पहिचान महोत्सवको मुख्य उद्येश्य रहेको भन्दै यो महोत्सवले आन्तरिक पर्यटनको लागि एउटा राम्रो गन्तव्यको रुपमा परिचित हुदै जाने वडा अध्यक्ष भण्डारीले बताए । नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० सफल पार्नको लागि यो महोत्सवले टेवा पुर्याउने उनले बताए । कार्यक्रममा सन्त बाइजीले आध्यात्मिक तथा सांस्कृतिक पर्यटन महोत्सवले आध्यात्मिक चेतनाको माध्यमबाट नैतिकवान तथा चरित्रवान नागरिक बनाउने उत्प्रेणा दिने र लागूपदार्थ दुव्र्यसनीमा लागेका युवापुस्तालाई समेत जागरण गराई जिवन परिवर्तन गर्न ठुलो सहयोग पुग्ने बताइन् । यस महोत्सवमा अनुमानित १२ लाख रूपैयाँ खर्च हुने आयोजक पत्रकार सम्मेलनमा जनाएको थियो ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ११ : १२ बजे