३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

भारतकाे कटिहार जिल्लामा आगामी विधानसभा चुनावमा राजवंशी समुदायबाट उम्मेदवारी दिने निर्णय


२ कार्तिक २०७६, शनिबार  

0
Shares

20191019_122907

कटिहार / भारतकाे कटिहार जिल्लाकाे जाजा पंचायतकाे बलुवाटाेलीमा त्यहाँ स्थित राजवंशी कल्याण परिषदले राजवंशी सम्मेलनकाे आयाेजना गरेकाे छ ।
स्थानिय मुखिया प्रतिनिधि भाइ प्रदिप कुमार सुमन राजवंशीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा त्यहाँ हुने आगामी विधानसभा चुनावमा यदि राजवंशी समुदायकाेे उमेदवार क्षेत्रिय पार्टी वा केन्द्रीय पार्टीले टिकट दिएन भने परिषदले आफ्नै उमेदवार खडा गर्ने निर्णय गरेकाे छ । कटिहार जिल्लाकाे कदवा,, प्राणपुर र बलरामपुर विधानसभा क्षेत्रमा राजवंशी समुदायकाे जनसंख्या अन्य भन्दा बढी छ । उत्त विधानसभामा राजवंशी समुदायकाे उम्मेदवार उठाउने परिषदले तयारी गरेकाे छ । सम्मेलनमा कदवा विधानसभाबाट मुखिया प्रतिनिधि भाइ प्रदिप कुमार सुमन राजवंशीलाई उमेदवारी दिने निर्णय गरेकाे छ भने क्रमश छिटै अन्य विधानसभा पनि प्रत्यशी घाेषणा गरिने जनाएकाे छ । कार्यक्रममा डा. याेगेन्द्र सिंह, जगन्नाथ दास,अरूण कुमार दास, अरूण दास, सुमन सिंह,अजय सिंहलगायतकाे उपस्थिति थियाे ।

विहारहेडलाइन्स डटकमबाट

प्रकाशित मिति : २ कार्तिक २०७६, शनिबार  ६ : ४६ बजे