१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

भ्रमण वर्ष २०२० सफल पार्न नेपाल -भारत काेच युवाहरूकाे सक्रियता, विर्तामोडमा अन्तर्राष्ट्रिय सम्मेलन हुने


२९ आश्विन २०७६, बुधबार  

0
Shares

20191016_211956
विर्तामोड २९, असाेज / काेचिला गाभुर फ्रन्टको आयोजनामा झापाको बिर्तामोडमा प्रथम अन्तर्राष्ट्रिय कोच साँस्कृतिक युवा सम्मेलनको हुने भएको छ ।

नेपाल र भारतमा कोच समुदायमा काम गरिरहेका विभिन्न संघ संस्थाहरुका युवावीच अनुभव आदान प्रदान, सांस्कृतिक ,शैक्षिक गतिविधी आदान प्रदानगर्ने उद्धेश्यले सम्मेलनको आयोजना गरिएको कोचिला गाभुर फ्रन्टका केन्द्रीय अध्यक्ष अभय राजवंशीले जानकारी दिए ।

कनकाई नगरपालिका वडा नं ९ को आर्थिक सहयोगमा आगामी कात्तिक २ र ३ गते बिर्तामोडस्थित सिटी पार्टीप्यालेसमा हुने सम्मेलनमा नेपाल र भारतमा कोच समुदायमा काम गरिरहेका १२ वटा संघ संस्थाहरुका ५० जना युवा प्रतिनिधी र अन्य पर्यवेक्षक गरि २ सयभन्दा बढीको सहभागिता रहने उनले बताए ।

सम्मेलनमा १२ वटा संघ संस्थाहरुका युवा प्रतिनिधीले विविध विषयमा कार्यपत्र प्रस्तुत गरिनुका साथै नेपाली राष्ट्रियता झल्कने नृत्य, कोच संस्कृति झल्कने नृत्य,पुस्तक प्रदर्शनी, हस्तकला सामाग्रीको प्रदर्शनी, कोच समुदायका ऐतिहासिक फोटो प्रदर्शनी गरिने उनले बताए ।

नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भ पारेर झापाको बिर्तामोडमा आयोजना गरिएको सम्मेलनले प्रदेश नं १को पर्यटकीय स्थलहरुको प्रचारप्रसारमा मधत पुर्याउनुका साथै भारतका युवालाई नेपाल घुम्न आउने वातावरण वनाउने उनले बताए ।

पुर्वाञ्चल डेलीबाट

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  ३ : ४४ बजे