३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

गाैरादह बजारकाे विधिवद्व उद्घाटन, गाैरी गाईकाे प्रतिमा पनि राखियाे


२६ आश्विन २०७६, आइतबार  

0
Shares

20191013_220246

गाैरादह २६ , असाेज / गौरादह बजारमा दोस्रो ऐतिहासिक सांस्कृतिक दशैं मेलाको अवसर पारेर नवनिर्मित बजारको
आज उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं . १ का आन्तरिक मामिला तथा कानुन मन्त्रि हिक्मत कुमार कार्कीले नवनिर्मित गौरादह बजारको उद्घाटन गर्दै गाैरी गाईकाे प्रतिमा समेत अनावरण गरेका हुन् । मन्त्रि कार्कीले बजारको उद्घाटन गर्दै गौरादह बजारलाई अझ सुन्दर आकर्षक बनाउन र यसको अझ स्तरोन्नती गर्न प्रदेश सरकारको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
3ca51f7a4ec22ab423dda186c037f369.0

गौरादह बजारलाई स्तरोन्नतीका लागि प्रदेश सरकार बाट १ करोड, गौरादह नगरपालिका बाट पहिलो चरणमा ३० लाख र दोस्रो चरणमा ८ लाख र वडा नं. १ बाट ३ लाख बजेट प्राप्त बजेट प्राप्त भएपछि बजार क्षेत्रलाई व्यवस्थीत र स्तरोन्नती गरिएको बजार व्यवस्थापन समितिका सचिव संजिव कार्कीले जानकारी दिए । गौरादह बजार व्यवस्थापन समितिले आयोजना गरेको दोस्रो ऐतिहासीक दशैं मेलामा विभिन्न जातजातिका संस्कृति झल्कने भेषभुषामा सजिएर बाजागाजा सहित नृत्य प्रस्तुत गरेका थिए । यस्तैगरि परम्पराकाल देखि नै चल्दै आएको लोकप्रिय सन्थाल जातिको नृत्य प्रतियोगिता
गरिएको थियो ।

सन्थाल नृत्यमा प्रथम हुने टोलीमा कोरोबारी जियोङ झरना युवाक्लब गौरिगञ्ज गाउँपालिका २, द्वितिय सन्थाल युवाक्लब कमल गाउँपालिका १, तृतिय संथाली चम्पावाहा सांस्कृतिक टोली मोरङ्ग र सान्त्वना भाकुरमारी महिला समूह गौरीगञ्ज गाउँपालिका २ का टोलीहरु भएका छन् । विजेता टोलीहरु क्रमशः प्रथम, द्वितिय, तृतिय र सान्त्वना टोलीले नगद २१ हजार, १५ हजार, ११ हजार र ९ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।
475216b65b9975f579f2028462e6cbb7.0
कार्यक्रममा पुर्व सांसद तथा संविधानसभा सदस्य दिपक कार्की, गौरादह नगरपालिकाका मेयर रोहित कुमार शाह, हेमन्त कार्की, नगेन्द्र भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए । गौरादह बजार व्यवस्थापन समितिका अध्यक्ष खड्गराज थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियोे । त्यसअवसरमा मेलामा सहभागीहरुलाई लियो क्लब अफ गौरादहले पानी वितरण गरेको थियो । बजार व्यवस्थापन समितिका सचिव संजिव कार्कीले कार्यक्रम सञ्चालन गरेका थिए ।
9f74f4af37517dfdb2bfe4d4056af953.0
9f74f4af37517dfdb2bfe4d4056af953.0
करिब १३ कठ्ठा जमिनमा दुइतर्फी गरेर ९८ वटा ब्यवस्थित स्टल रहेकाछन् । बिभिन्न प्रजातीका रुखहरुले हरियाली वातवरण देखिन्छ । प्रदेश सरकार, नगरपालिका र स्थानीयको गरेर झण्डै डेढ करोड खर्च भएको बताईएको छ ।
साताकाे दूइपटक आइतवार र विहिबार हाट बजार लाग्ने र बाँकी ५ दिन पार्कको रुपमा यसलाइ आन्तरिक तथा बाहिरी पर्यटक घुम्ने स्थलको रुपमा निर्माण गरिएको वडा नं. १ का वडाध्यक्ष नगेन्द्र भण्डारीले बताए ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ४ : २३ बजे