१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

खजुरगाछी दुर्गा मन्दिर समितिले प्रत्येक वर्ष लाउदै आएकाे दशैं मेला यसपालि पनि भव्यरूपमा सम्पन्न


२४ आश्विन २०७६, शुक्रबार  

0
Shares

20191011_190152

गाैरीगंज २४, असाेज / गाैरीगंज गाउँपालिका वार्ड नं.६ स्थित खजुरगाछी दुर्गा मन्दिर समितिले प्रत्येक वर्ष लाउदै आएकाे दशैं मेला यसपालि पनि सम्पन्न भएकाे छ।
दशैंकाे त्रयाेदशीका दिन प्रत्येक वर्ष लगाउदै आएकाे दशै मेला सन्थाल नृत्यहरूकाे आयाेजना गरि भव्यरूपमा समापन भएकाे हाे । समितिले एक औपचारिक कार्यक्रमकाे आयाेजना गरि विभिन्न स्थानबाट आएका सन्थाल नृत्य टाेलीलाई मुल्यांकन गरि प्रथम, द्वितीय, तृतीय र सन्तवना पुरस्कार प्रदान गरिएकाे थियाेे ।
20191011_190927

कार्यक्रमका प्रमुख अतिथि तथा गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले प्रथम पुरस्कार आदिवासी संथाल नृत्य झापा गाउँपालिका वार्ड नं.२ सुगमथानलाई प्रदान गरेका थिए । प्रथम हुने उत्त नृत्य टाेलीलाई नगद १५ हजार रूपैयाँसहित
ट्रफी र प्रमाणपत्र प्रदान गरिएकाे थियाे भने गाैरीगंज गाउँपालिका वार्ड नं. २ का काेराेवारी जियाेङ्ग झरना युवा क्लवलाई दाेस्राे पुरस्कार प्रदान गरिएकाे थियाे । उत्त नृत्य टाेलीलाई नगद ११ हजार रूपैयाँसहित प्रमाणपत्र र तेस्राेे हुने गाैरीगंज गाउँपालिका वार्ड नंं. ५ खाडीटाेलाका सगरमाथा संथाल युवा क्लवलाई ७ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएकाे थियाे । चाैथाे हुने संथाल आदिवासी रङ्गेली नृत्य टाेलीलाई जगद ५ हजार र पाँचौ हुने श्री संथाल संस्कृति युवा क्लव सुनवर्षीलाई ४ हजार रूपैयाँ प्रदान गरिएकाे थियाे । त्यसैगरी अन्य ५ वटा नृत्य टाेलीलाई सानत्वना पुरस्कार स्वरूप ३ हजार रूपैया प्रदान गरिएकाे थियाे ।
20191011_190859
प्रतिष्ठित व्यापारी तथा समाजसेवी सानुराजा श्रेष्ठकाे संयाेजकत्वमा रहेकाे समितिले सन्थाल नृृृृृृृृत्यहरूकाे छनाैट गरेकाे थियाे । समितिकाे सदस्यहरू सुरेन्द्र शर्मा चन्दर प्रसाद साह, चन्दर नायक, जगन मुर्मू थिए ।
समितिका अध्यक्ष जयनारायण दासकाे अध्यक्षतामा भएकाे भएकाे कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दिपिन्द्र थापा, वार्ड नं. ६ का वडा अध्यक्ष बद्रीनारायण यादव, कार्यपालिका सदस्य राधा अधिकारी, महिला नेतृ फुलबती राजवंशी, जेष्ठ नागरिक संघ वार्ड नं. ६ का अध्यक्ष रामकृष्ण यादव, नेकपाा प्रतिनिधि नरेन्द्र डांंगी, अधिकृत विजय शर्मालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

20191011_190846
श्रवण राजवंशीले स्वागत गरेकाे कार्यक्रमकाे सञ्चालन गंगा राजवंशीले गरेका थिए ।
जातीय पोसाक र मौलिक बाजागाजासहित नृत्य गरेका संथाल टाेली मेलाकाे मुख्य आकर्षण बनेकाे थियाे ।
20191011_191304

सन्थाल नृत्य बडा दसैंको सप्तमीदेखि कोजाग्रत पूर्णिमासम्म प्रदर्शन गरिन्छ ।
झापा जिल्लाकाे गरामनी, फूलबारी, चारआली, घैलाडुब्बा, गौरीगञ्ज,खजुरगाछी, टाघनडुब्बा, राजगढ, बैंसाबारी, बनियानी, लकडीगद्दी, पाडाजुँगी, शिवगञ्ज, कुञ्जिबारी, रंगियाथान, कुमरखोदलगायतका स्थानमा ठूलो दशैं मेला लाग्ने गर्छ ।
20191011_190814
20191011_190834

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  १ : १८ बजे