१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कानुन मन्त्रीद्वारा सामुदायिक भवन शिलान्यास


११ आश्विन २०७६, शनिबार  

0
Shares

FB_IMG_1569648840510

गाैरीगंज ११, असाेज / आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले गाैरादह नपा वार्ड नं ७ गुवालडुब्बामा निर्माण हुन लागेकाे श्री दुर्गा सामुदायिक भवनकाे आज शिलान्यास गरेका छन् ।
प्रदेश नं १ सरकारकाे १ कराेड १४ लाख रूपैयाँकाे लागतमा निर्माण हुन लागेकाे भवन सहरी विकास तथा भवन निर्माण कार्यालय इलाम मार्फत ८ कठ्ठा १० धुर जग्गामा निर्माण हुन लागेकाे हाे ।
सामुदायिक भवन निर्माणका लागि स्थानिय सुर्य प्रसाद दाहाल, जीवन काेइराला, सराेज विष्ट, कृष्ण विष्ट, नर बहादुर खड्का, विष्णु निराैला र जुन बहादुर राजवंशीले निशुल्कमा ८ कठ्ठा १० घुर जग्गा प्रदान गरेका हुन् । उत्त जग्गामा ३५ मिटर लम्बाई , १५ मिटर चाैडाई र टिनकाे छानाे रहने जनाईएकाे छ भनेे भवन सम्म पुग्ने बाटाेे निर्माण गर्न गाैरादह नगरपालिकाले ५ लाख रूपैयाँ बजेट विनियाेजन गरेकाे छ । कार्यक्रममा गाैरादह नगरपालिकाका मेयर राेहित कुमार साह, उपमेयर गिता भेटवाललगायत स्थानियहरूकाे उपस्थिति थियाे ।
आजै गुवालडुब्बामा रहेकाे साना किसान सहकारी र महारानी झाेडामा रहेकाे साना किसान सहकारीकाे साधारणसभा कार्यक्रममा सहभागी हुने आन्तरिक मामिला तथा कानुन मन्त्री कार्कीका स्वकिय सचिव कमल पाैडेलले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  ५ : ३५ बजे