
विर्तामोड ७, असाेज / नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा सदस्य सरिता प्रसाईले कम्युनिष्टहरुबाट देशले निकास र विकास दुवै नपाउने भनाई राख्दै चारजना कम्युनिष्ट प्रधानमन्त्री हुँदा नबनेको संविधान नेपाली कांग्रेसले जारी गरेर मुलुकलाई निकास दिएको बताउनुभएको छ ।
नेपाली कांग्रेस झापा क्षेत्र नं–२ अन्तर्गत प्रदेश ख ले शनिश्चरे बजारमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उहाँले भ्रष्टाचारमा लिप्त कम्युनिष्ट सरकारलाई ठूलो आश गरेर हिजो भोट हालेका जनताले अहिले राम्ररी चिनिसकेको बताउनुभयो ।
नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले तोडफोड र हिंसाको राजनीतिमा कांग्रेसले विश्वास नगर्ने बताउँदै शान्तिपूर्ण विरोध प्रदर्शनले ठूलाठूला परिवर्तन भएको उदाहरण प्रस्तुत गर्नुभयो ।
संसारले त्याग्दै गएको कम्युनिष्ट शासन नेपालमा सम्भव नरहेको बताउँदै असम्भव कुरामा समय खेर फालेर देश र जनतालाई दुःख नदिन सत्ताधारीलाई सभापति थापाले सुझाव दिनुभयो ।
प्रदेश ख सभापति किरण श्रेष्ठको सभापतित्वमा भएको सो कार्यक्रममा जिल्ला प्रतिनिधि लोकराज ढकालले विरोधसभाले औचित्यमाथि प्रकाश पार्नुभएको थियो भने अर्जुनधारा नगर सभापति हेमराज खरेलले सहभागीलाई स्वागत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन शेखर बनले गर्नुभएको थियो ।
यसैगरी झापा क्षेत्र नं–२ प्रदेश क को आयोजनामा विर्ताबजारमा विरोधसभा सम्पन्न भएको छ । जागरण अभियानका लागि केन्द्रीय प्रतिनिधि बसन्त भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । जिल्ला प्रतिनिधि भक्तिप्रसाद सिटौलाको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा संविधानसभा सदस्य अमृतलाल राजवंशी, सजेश शिवाकोटी, भुमा घिमिरे, चन्द्र गिरी, विष्णु खरेल, भोजराज सिटौला, लिलाबहादुर कटुवाल, यज्ञप्रताप अधिकारी, उर्मिला पोखरेललगायतले बोल्नुभएको थियो ।
प्रदेश क्षेत्रीय सभापति धर्म लक्सम्बाको सभापतित्वमा सम्पन्न कार्यक्रममा भोलानाथ पौडेलले स्वागत र लक्ष्मी आचार्यले सञ्चालन गर्नुभएको थियो ।
अभियानकै क्रममा नेपाली कांग्रेस झापा क्षेत्र नं–१ ले प्रदेश क र ख को संयुक्त विरोधसभा काँकरभिट्टाको हनुमान मन्दिर परिसरमा सम्पन्न गरेको छ ।
कोणसभालाई जागरण अभियानका केन्द्रीय प्रतिनिधि तथा कार्यक्रमका प्रमुख अतिथि रमेशजंग रायमाझी, विशेष अतिथि विन्दिया कार्की, जिल्ला प्रतिनिधि तथा विशेष अतिथि सुधिरकुमार शिवाकोटी, राजेन्द्रप्रसाद भण्डारी, क्षेत्रीय सभापति मणि उप्रेती, मेचीनगर सभापति इन्द्र बुढाथोकी, तरुण दल झापाका सभापति गोपाल तामाङलगायतले बोल्नुभएको थियो ।
हर्क फियाकको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत सिता पोखरेल र सञ्चालन बद्री खड्काले गर्नुभएको थियो ।
यसैगरी झापा क्षेत्र नं– ३ प्रदेश क ले पृथ्वीनगरको सोमबारेमा विरोधसभा सम्पन्न गरेको छ । जागरण अभियानका केन्द्रीय प्रतिनिधि केदार कार्कीको प्रमुख आतिथ्य र सन्तोषकुमार मेयाङबोको विशेष आतिथ्यमा भएको कार्यक्रम चिन्तामणि खरेलको सभापतित्व, गणेश पोखरेलको स्वागत र गिताप्रसाद भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियो ।
यसैगरी क्षेत्र न–३ प्रदेश ख ले हल्दिबारी गाउँपालिकाको मंगलबारे बजारमा विरोधसभा सम्पन्न गरेको छ ।
कांग्रेस केन्द्रीय सदस्य हसन अन्सारीको प्रमुख आतिथ्य र जिल्ला प्रतिनिधि ताराविर कटुवालको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा स्वागत भूपाल बस्नेतले गर्नुभएको थियो । प्रदेश क्षेत्रीय सभापति नविन विमलीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन तुलसी ओलीले गर्नुभएको थियो ।
यसैगरी झापा क्षेत्र नं–४ प्रदेश क ले दुधेबजारमा कोणसभा सम्पन्न गरेको छ । ब्यापक जनसहभागितासहित दुधे बजार परिक्रमापछि कोणसभामा परिणत भएको थियो । केन्द्रीय प्रतिनिधि दिपेन्द्र सेन्दाङको प्रमुख आतिथ्य र जिल्ला प्रतिनिधि प्रेम सम्बाहाम्फेको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा किरण भट्टराई, कात्तिकलाल राजवंशी, गोविन्दवहादुर अधिकारी, रतन थिङलावो, पर्शुराम ढुङ्गाना, मिता सिटौला, दिवस बास्कोटा लगायतले बोल्नुभएको थियो ।
प्रदेश क्षेत्रीय सभापति कमल भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत पदम थापा र सञ्चालन नगेन्द्र बस्नेतले गर्नुभएको थियो ।
यसैबीच झापा–४, प्रदेश ख ले सुरुङ्गाबजारमा विरोधसभा सम्पन्न गरेको छ । नाराजुलुससहित बजार परिक्रमापश्चात दुर्गा मन्दिर परिसरमा पुगेर कोणसभा सम्पन्न गरिएको सभामा केन्द्रीय प्रतिनिधि तथा कार्यक्रमका प्रमुख अतिथि लोकप्रसाद संग्रौला, विशेष अतिथि डिल्लीप्रसाद सिटौला, कविता बस्नेतलगायतले बोल्नुभएको थियो ।
भीमप्रसाद राजवंशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत नेत्र चिमरिया र सञ्चालन शिव कडेलले गर्नुभएको थियो ।
यसैबीच झापा क्षेत्र नं–५ क ले गौरादह बजारमा विरोधसभा सम्पन्न गरेको छ । अभियानका केन्द्रीय प्रतिनिधि शेखरचन्द्र थापाको प्रमुख आतिथ्य र जिल्ला प्रतिनिधि तथा नेपाली कांग्रेस झापाका पूर्व सभापति पूर्णानन्द शर्माको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रम रोहितकुमार शाहको सभापतित्व, यादवराज सेढाईको स्वागत र सूर्यभक्त सिटौलाको सञ्चालनमा सम्पन्न भएको थियो ।
यसैगरी झापा क्षेत्र नं–५ प्रदेश ख को आयोजनामा दमकको गणतन्त्रचोकमा विरोध सभा सम्पन्न भएको छ । सभालाई केन्द्रीय प्रतिनिधि तथा प्रमुख अतिथि विनोद राई, सांसद महेन्द्राकुमारी लिम्बू, जिल्ला प्रतिनिधि तथा विशेष अतिथि राम कट्टेल, लगायतले बोल्नुभएको थियो ।
क्षेत्रीय सभापति ढुण्डिराज भण्डारीले स्वागत गर्नुभएको कार्यक्रम पदम लिम्बूको सभापतित्व र चुडेन्द्र खड्काको सञ्चालनमा सम्पन्न भएको बताइएको छ । त्यसैगरी झापा क्षेनं.- ५ प्रदेश कलकाे आयाेजननमा पनि वराेध सभा सम्पन्न भएकाे छ । केन्द्रीय प्रतिनिधि तथा प्रदेश सभासद शेखरजंग थापाकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा जिल्ला सदस्य पुर्णान्द शर्मालगायतले बाेलेका थिए । राेहित कुमार साहकाे सभापतित्वमा भएकाे कार्यक्रममा सुर्यभत्त सिटाैलाले सञ्चालन गरेका थिए ।
सरकारको गलत रवैया, भ्रष्टाचार, करबृद्धिका, महंगीका विरुद्ध १५ दिनदेखि वार्डस्तरीय कार्यक्रमसहित दोस्रो चरणको राष्ट्रिय जागरण अभियान शुरु गरेको नेपाली कांग्रेसले मंगलबार झापाका १० वटै प्रदेश निर्वाचन क्षेत्रका मुख्यमुख्य बजारमा ब्यानर, प्लेकार्ड कालोझण्डासहित विरोध प्रदर्शन सम्पन्न गरेको हो ।
कांग्रेसको शक्ति प्रदर्शनसहित भएका विरोध प्रदर्शनमा ‘सर्वसत्तावादः मुर्दाबाद, कर बृद्धिः फिर्ता गर, बाइडबडी भ्रष्टाचार र सूनकाण्डको ः छानविन गर, भ्रष्टाचारीलाई ः कारबाही गर, बढ्दो महंगीः नियन्त्रण गर, अलोकतान्त्रिक ः विधेयक फिर्ता गर, भ्रष्टाचार नियन्त्रण गर ः सुशासन कायम गर, कम्युनिष्ट सत्ताको उपहार ः करबृद्धि, महंगी र भ्रष्टाचार, संविधानको ः पालना गर, नेपाली कांग्रेसः जिन्दावाद, वीर वी.पी ः अमर रहुन’ लगायतका नारासहित स्थानीय बजार परिक्रमा गरिएको थियो ।




