१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापा आउदै


६ आश्विन २०७६, सोमबार  

0
Shares

KP-Sharma-Oli1

दमक/यहि असोज १६ गते प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापा आउने भएका छन् ।

आफ्नो निर्वाचन क्षेत्र झापा ५ मा पर्ने दमक र मोरङको मधुमल्ला जोड्ने मावा पूल उद्घाटन र दमक , कमल र गौरादह समेतको क्षेत्र ओगट्ने प्रस्तावित नेपाल चाइना फ्रेण्डसीप ईण्डस्ट्रीयल पार्क पार्कको शिलान्यास गर्न प्रधानमन्त्री ओली यहाँ आउने कार्यक्रम रहेको प्रधानमन्त्रीका सचिवालय सदस्य होम बहादुर थापाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले दशैंको अवसरमा महानवमीको दिन बर्षेनी आफ्नै आयोजनामा विर्तामोडमा गर्दै आउनु भएको शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रमलाई निरन्तरता दिने पनि बुझिएको छ ।

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली दमकका महत्वपूर्ण दुई कार्यक्रमका लागि आउने भएपछि स्थानीय पार्टी कमिटीले पनि ति कार्यक्रमहरुलाई सफल पार्न आन्तरिक तयारी स्वरुप छलफल शुरु गरेको पार्टीकी जिल्ला नेतृ लीला ढुंगेल ( दाहाल) ले जानकारी दिए ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ११ : २१ बजे