३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

दमकमा दोश्रो मिडियाकप फुटसल प्रतियोगिता हुने


५ आश्विन २०७६, आइतबार  

0
Shares

Press-union-150x150
दमक/झापाको दमकमा यहि असोज १६ गते दशैं, तिहार र छैठ पर्वको अवसर पारेर दोश्रो मिडियाकप फुटसल प्रतियोगिता सञ्चालन गरिने भएको छ ।
नेपाल प्रेस युनियन माईपश्चीम क्षेत्रीय समितिले सञ्चालन गर्ने सो प्रतियोगितामा माइपश्चीम क्षेत्रमा क्रियाशील सञ्चार गृहमा कार्यरत पत्रकारहरुले भाग लिने युनियनका क्षेत्रीय अध्यक्ष विष्णु सुब्बाले जनाएका छन् ।

झापाको माइपश्चीम क्षेत्रमा मात्रै करिब एक दर्जन सञ्चार गृह सञ्चालनमा रहेका छन् । दमक ८ स्थित रणभुमी फुटसल मैदानमा सञ्चालन गरिने सो प्रतियोगिता सम्पन्न गर्न विष्णु पौडेलको संयोजकत्वमा ५ सदस्यीय उपसमिति गठन गरिएको युनियनका क्षेत्रीय सचिव नगेन्द्रमणी न्यौपानेले जानकारी दिनु भयो ।

गठित उपसमितिकन सदस्यहरुमा कुसुम तामाङ्ग, आत्माराम राजवंशी,झगेन्द्र खड्का र वेनु प्रसाई रहेका छन् ।
प्रतियोगिताको विजेता टिमलाई नगद १५ हजार र उपविजेतालाई नगद १० हजार रुपैयाँ राशीको पुरस्कारसहित प्रमाण पत्र, मेडल र ट्रफी प्रदान गरिने संयोजक पौडेलले जानकारी दिनु भयो । प्रेस युनियनले केही बर्ष अघिदेखिनै दशैं तिहारको अवसरमा शुभकामना आदनप्रदानका साथै मिडियाकप फुट्सल प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ११ : ५० बजे