५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

गाैरीगंज प्रहरीद्वारा बजार सरसफाई


४ आश्विन २०७६, शनिबार  

0
Shares

20190921_132338

गौरीगंज ४, असोज / इलाका प्रहरी कार्यालय गौरीगंजले आज गौरीगंज बजार सरसफाई कार्यक्रमको आयोजना गरेको छ ।
सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत संविधान दिवसको अवसरमा कार्यालयले बजार सरसफाईको कार्यक्रम आयोजना गरेको हो । गौरीगंज गाउ“पालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको सरसफाई कार्यक्रममा गौरीगंज चौक वरिपरि सरसफाई गरिएको थियो । गाउ“पालिका अध्यक्ष बाबुराजा श्रेष्ठ, वार्ड नं. ३ का अध्यक्ष मखना महतो, समाजसेवी विश्वराज रिजाल, नेकपा गौरीगंजका सचिवालय सदस्य यादव रिजाललगायतले आफु र आफ्नो समाजलाई स्वास्थ्य राख्न सबैभन्दा पहिले वरिपरि सरसफाई राख्नुपर्ने बताए । बजार, चौक क्षेत्रमा सरसफाई राख्न बजार क्षेत्रमा रहेका व्यापारी, पसलेहरुको प्रमुख दायित्व रहेकोले उनीहरुमा सरसफाई सम्बन्धि जनचेतना हुनु पर्ने बताएका थिए । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक गणेश भट्टराईले सञ्चालन गरेको कार्यक्रममा स्थानिय संघ संस्थाका प्रतिनिधि, पार्टी प्रतिनिधि, बस व्यवसायी संघका प्रतिनिधिलगायतको सहभागिता थियो ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  ७ : ३९ बजे