३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

नेपाली कांग्रेस गौरीगंजका क्रियाशिल कार्यकर्ताले भातृ संगठनको निर्वाचन गर्न र सांगठनिक गतिशिलता प्रदान गर्न सुझाव


३ आश्विन २०७६, शुक्रबार  

0
Shares

congress1

गौरीगंज ३, असोज / नेपाली कांग्रेस गौरीगंजका क्रियाशिल कार्यकर्ताले भातृ संगठनको निर्वाचन गर्न र सांगठनिक गतिशिलता प्रदान गर्न सुझाव दिएका छन् ।
नेपाली कांग्रेसले सञ्चालन गरेको दोस्रो चरणको राष्टिूय जागरण अभियान (हिपतम) का क्रममा नागरिकका धारणा बुझ्न झापा क्षेत्र नं–५ प्रदेश क को गौरादह ४,५,६, र ८ तथा गौरीगञ्ज–३ र ६ मा पुगेका केन्द्रीय तथा प्रदेश प्रतिनिधिहरुसंग पार्टीका शुभेच्छुक तथा कार्यकर्ताहरुले भातृ संगठन ब्यवस्थापन गर्न र सांगठनिक गतिशिलता प्रदान गर्न साझा सुझाव दिएका हुन् ।
पार्टी संगठन सञ्चालनको मूल आधार भातृ संगठन भएको बताउँदै कार्यकर्ताले नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघसहितका भातृ संगठनलाई गतिशिता प्रदान गर्न सुझाव दिएका हुन् ।

पार्टीका नेताहरुबीच एकता, जन प्रतिनिधि र कार्यकर्ता विचको सम्बन्ध, प्रतिपक्षी दलको भूमिकालाई सशक्त पार्न, वार्ड तहका कार्यकर्तासम्म प्रशिक्षण पु¥याउन सुझाव दिदै सहभागीहरुले कांग्रेसले केन्द्रमा सशक्तरुपमा प्रतिपक्षको भुमिका निर्वाह गर्न सुझाव दिएका थिए । उनीहरुले निर्मला हत्या काण्ड, एनसिएल काण्ड, लाउडा काण्ड, फोरजी काण्ड, वाइड वडी काण्डलगायतका काण्डमा कांग्रेसले सशक्त्त रुपमा केन्द्रिय नेता र पार्टी उत्रन नसकेको भनी आलोचनासमेत गरेका थिए ।
झापा क्षेत्र नं–५ को क अन्तर्गत गौरादह–४, ५, ६ र ८ तथा गौरीगञ्ज–३ मा भएका बेग्लाबेग्लै कार्यक्रममा प्रदेश क्षेत्रीय सभापति रोहितकुमार शाह, बद्री कार्की, लक्ष्मी प्रसाई, दिलबहादुर प्र्रसाई, दिपेन्द्र थापा,फुलवती राजवंशी, श्रीप्रसाद लिम्बू, कृष्णचन्द्र पण्डित, ओम खड्का, विक्रम लावती, देवी राजवंशी, नौताली राजवंशी लगायतले सहजीकरण गरेका थिए ।

नेपाली कांग्रेसको जनजागरण तथा संविधान दिवस
गौरादह नेपाली काङ्ग्रेस वडा नं २ को वडा समितिले पार्टीको राष्ट्रिय जागरण अभियान कार्यक्रम सम्पन्न गरेको छ ।अभियान कार्यक्रममा अधिकाङस बक्ताहरूले बर्तमान सरकारले गरेका कामबट लोकतन्त्र खतरामा परेको धारण राखेका थिए । बक्ताहरूले बिपक्षीको बिरोध गर्नु भन्दा पनि आफुले असल काम गर्नुपर्ने बताउदै भ्रष्टाचार नियन्त्रणमा सरकार कमजोर देखिएको बताएका थिए ।सरस्वती मा.बि. हाँसखोराको प्राङ्गणमा संचालन गरिएको कार्यक्रममा पार्टीका वडा नं २ सभापति बिजय कन्दङवाको सभापतित्वमा सम्पन्न कार्यक्रममा पार्टीका जागरण अभियान प्रतिनिधि दिपा गौतम प्रमुख अतिथी रहेकि थिइन ।पार्टीका जिल्ला सदस्य ईमान सिंह तामाङ, डिल्ली बर्देवा, प्रजातन्त्र सेनानी डिल्ली प्रसाद सेडाइ,महादिबेशन प्रतिनिधि लक्ष्मी बाह्रकोटी प्रसाई, वडा नं १ वडा सदस्य कोमल प्रसाद ढुङगाना, गौरादह उद्योग बाणिज्य संघ अध्यक्ष जीवन राई लगायतले धारणा राखेका थिए ।गोपाल कोईरालाले स्वागत मन्तब्य राखेको कार्यक्रममा ने. बि. संघ नगर सभापति बाबुराम नेपालले कार्यक्रम संचालन गरेका थिए ।
त्यसैगरी नेपाली कांग्रेस गौरीगंज समितिले पनि जनजागरण कार्यक्रमका साथै संविधान दिवसको अवसरमा कार्यक्रमको आयोजना मनाएको छ । गौरीगंज सभापति राजेन्द्र कार्कीको सभापतित्वमा भएको कार्यक्रममा गौरादह नगर सभापति यादवराज सेडाईले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेस पार्टीकै नेतृत्वमा मुलुकले संविधान पाएको भन्दै संविधान कार्यन्वयमा सबै नेता तथा कार्यकर्ताले सकारात्मक भुमिका खेल्न आग्रह गरिएको थियो । कार्यक्रममा प्रदेश प्रतिनिधि केशरजंग थापा, महासमिति सदस्य घनश्याम रिजाल, देवी प्रसाद राजवंशी, नौताली राजवंशी, रामकुमारी पौडेल, रोहित कुमार साह, यादवराज सेडाई, विरबहाुर प्रसाई, डुण्डिराज भण्डारी,जिवन राई,मखना महतो, कमलेश्वर राजवंशीलगायतको सहभागिता थियो भने कार्यक्रमको संचालन गोपाल पौडेलले गरेका थिए ।

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  ११ : २४ बजे