५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

वार्ड नं. ३ काे सबै क्षेत्रमा एम्बुलेन्स पुर्याउने : अध्यक्ष महताे


६ भाद्र २०७६, शुक्रबार  

0
Shares

20190823_160810
गाैरीगंज ६, भदाै / गाैरीगंज गाउँपालिका वार्ड नं. ३ का वडा अध्यक्ष मखना महताे गैदारले गाैरीगंंज क्षेत्रकाे विकास निर्माण कार्यमा रहेका अवसर, सम्भावना र चुनाैतीका विषयमा अवगत गराएका छन् ।
अध्यक्ष महताेले शुक्रबार पत्रकार साक्षातकार कार्यक्रममा गाैरीगंजकाे विकास निर्माणमा सम्भावना र अवसर रहे पनि उतिकै चुनाैती रहेकाे बताएका छन् । गाैरीगंजमा पत्रकारहरूसंघ कुराकानी गर्दै वडा नं. ३ ले पाएकाे वार्ड सिलिङ्ग बजेट सबै क्षेत्रमा सन्तुलित ढंगले वितरण गरेकाे बताएका छन् । वार्ड नं. ३ लाई गाउँपालिकाकाे नमुना वार्ड बनाउने उधेश्यका साथ जनभावनाकाे कदर गर्दै आफुले काम गरिरहेकाे बताएका छन् । वडा भित्रका सबै ठाउँमा एम्बुलेन्स पुग्ने वातावरण तयार गरिसकेकाे बताउदै सडक क्षेत्रमा परेका पुल कल्भर्टहरू निर्माण गरिसक्ने जानकारी गराए । केही पुलहरू निर्माण भईसकेका र केही निर्माणाधिन अवस्थामा रहेकाले यसै आर्थिक वर्ष भित्र निर्माण कार्य सम्पन्न हुने बताए ।
अधिकांस सडकहरू उच्चस्तरीय ग्राभेल भईसकेकाे बताउदै बजार र चाेक क्षेत्रका मुख्य सडकहरू कालाेपत्रे गर्ने कार्य शुरू गरेकाे बताए । गाैरीगंज उधाेग वाणिाज्य संघ र बजार व्यवस्थापन समितका अध्यक्ष समेत रहेका महताेले बुधबारे बजार व्यवस्थापनका लागि ३० लाख रूपैयाँ विनियाेजित गरेकाले यसै आर्थिक वर्षभित्र बजार स्तराेन्नति गरिने बताए ।
त्यसका लागि शहरी विकाससंग पहल गरिएकाे जानकारी गराए । बजार क्षेत्रमा ढल निमार्ण तथा सरसफाई गरिने बताउदै उपभोक्ताहरूलाई नापतौलमा नठगिन बजार अनुगमन गरी पसलकाे अगाडि मुल्यसुचि राख्न निर्देशन दिईसकिएकाे जानकारी गराए ।
वार्ड नं. ३ मा रहेकाे बसपार्क क्षेत्र अतिक्रमण भएकाले गाउँपालिकाकाे तर्फबाट सुचना जारी गरि अतिक्रमण हटाउने र साे स्थानमा व्यवस्थित वस पार्क बनाउने धारणा राखे । भारतसंग सिमाना जाेडिएकाे गाैरीगंज गाउँपालिकामा रहेकाे आठमाैजा छाेटी भन्सार कार्यालयलाई स्तराेन्नति गर्न सके यश क्षेत्रकाे व्यापार व्यवसाय बढ्नुकाे साथै विकास सम्भावना रहेकाे बताए । गाैरीगंज उधाेग वाणिज्य संघकाे तर्फबाट पटक पटक मेची भन्सार कार्यालय काकडभिट्टा गई जानकारी गराईसकिएकाे बताए ।

गाैरीगंज गाउँपालिका वार्ड नं. ३ मा रहेकाे लाेकसेवा अतिथि सदनकाे जग्गामा भवन निर्माण गर्न आवश्यक रहेकाे बताए । साे जग्गामा केही भुमाफियाहरूले चलखेल गरि विक्री गर्न खाेजेकाले कुनै हालतमा गाउँपालिकाले विक्री गर्न नदिने बताए । वि.स. २०३८ सालमा भिमप्रसाद चाैधरीले दान दिएकाे करिब १८ कठ्ठा जग्गा २०६५ सालमा दर्ता भएकाे समितिले केही भुमाफियासंग मिलेर विक्री गर्न खाेजेकाे आराेप लगाए ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  १० : २३ बजे