
गाैरीगंज १, भदाै / ईलाका प्रहरी कार्यालय गाैरीगंजका प्रहरी प्रमुख टेकेन्द्र शर्मा पाैडेलकाे विदाई गरिएकाे छ । झापा उधाेग वाणिज्य संघ शाखा गाैरीगंजले एक कार्यक्रमकाे आयाेजना गरि सम्मानसहित आईतबार विदाई गरेकाे छ । १४ महिना अगाडि ईलाका प्रहरी कार्यालय गाैरीगंजकाे प्रहरी प्रमुखकाे जिम्मेवारी सम्हाल्दै आएका पाैडेलकाे रामेछाप मन्थली सरूवा भएपछि विदाई गरिएकाे हाे । उनकाे विदाई पछि धरानबाट सरूवा भई आएका प्रहरी निरिक्षक गणेश प्रसाद भट्टराईले जिम्मेवारी सम्हाल्ने भएका छन् । झापा उधाेग वाणिज्य संघ गाैरीगंज शाखाका अध्यक्ष मखना महताे सभापतित्वमा सम्पन्न कार्यक्रम गाउँपालिका उपाध्यक्ष दिपिन्द्र थापा प्रमुख अतिथि रहेका थिए । त्यस अवसरमा ईलाका प्रशासन कार्यालय गाैरीगंजका प्रमुख राजु दाहाल, गाउँपालिकाका प्रशासकिय अधिकृत राजकुमार शाक्य, पुर्व गाैरीगंज क्याम्पस प्रमुख केदार रिमाल, आठमाैजा सहकारी संस्थाका अध्यक्ष अर्जुन दंगाल, गाैरीगंज प्याब्सनका अध्यक्ष कमल राजवंशी, खजुरगाछी माविका प्रअ गहेन्द्र विक्रम साहलगायतले प्रहरी निरीक्षक पाैडेलले गाैरीगंज क्षेत्रमा पुर्याएकाे याेगदानकाे चर्चा गरेका थिए ।




