५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

लायन्स क्लब गौरादहकाे अध्यक्षमा जीवन राई


१४ श्रावण २०७६, मंगलबार  

0
Shares

20190730_122812
गौरादह/ झापाको गौरादहस्थित लायन्स क्लबको चौथो कार्यकालका लागि अध्यक्षमा युवा व्यवसायी तथा सामाजिक व्यक्तित्व जीवन राईले पदभार सम्हालेका छन् ।

हिजो मंगलवार क्लबले औपचारिक कार्यक्रम गरी आगामी एक बर्षे कार्यकालका लागि राईको अध्यक्षतामा रहेको लायन टिमलाई पद हस्तान्तरण गरेको हो । क्लबका तत्कालिन अध्यक्ष भुपालराज कट्वालको अध्यक्षतामा भएको पदहस्तान्तरण तथा पदभार ग्रहण गर्ने कार्यक्रमका वक्ताहरुले स्थापनाको छोटो अवधिमै सो क्लबले राष्टिय अन्तराष्ट्रियस्तरमै छुटट्ै पहिचान स्थापना गर्न सफल भएको भन्दै क्लबका संस्थापक तथा सदस्यहरुको प्रशंसा गरे ।

सो क्लबले लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ एवान अन्तर्गतको सो क्लबले प्रदेश र स्थानीय सरकारसंगको सहकार्यमा गौरादहमा चिल्ड्रेन पार्क निर्माण गरिरहेको छ । सो क्लबले स्थापनाकाल यता आर्थिक रुपमा विपन्न समुदायमा सेवामुलक कार्यहरु समेत गर्दै आएको छ ।
पदभार ग्रहण गर्दै अध्यक्ष राईले क्लबले गर्ने नियमित कार्य बाहेक पनि आफ्नो कार्यकालमा थप नयाँ र उदाहरणीय कार्यक्रमहरु गर्ने आफ्नो लक्ष्य रहेको बताए । उनले क्लबले अहिले प्राप्त गरेको उचाईमा कमी हुन नदिई थप उचाईमा पुरयाउने प्रतिबद्धता जनाए ।

कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष डा. तिलक खनाल, पूर्व अध्यक्ष एवम् शैक्षिक व्यक्तित्व नारायण प्रसाद घिमिरे, दमक २ का वडाध्यक्ष हेमन्त कार्की लगायतले पनि शुभकामना मन्तव्य राखेका थिए । पहिलो चरणको कार्यक्रममा क्लबका उपाध्यक्ष भीमविजय बाँस्तोलाले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन सेक्रेटरी गोपाल गुरागाइँ र कृष्ण बाँस्कोटाले गरेका थिए ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ६ : ४२ बजे