५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

रतुवा खाेला गाउँ पसियाे, २५ विघा धानखेत नष्ट


९ श्रावण २०७६, बिहिबार  

0
Shares

20190725_233835
गौरादह ९, साउन / अविरल वर्षा भएपछी झापा र मोरङको सिमानामा रहेको रतुवा खोलाले गौरादह नगरपालिकाको कोहवरा क्षेत्रमा जमिन कटान गरि बगरमा परिणत गरेको छ । केही साता अघिदेखी लगातार वर्षा हुँदा खोलामा पानीको बहाव बढेपछी खोला गाउँभित्र पसेको छ । खोलाले बर्षेनी कटान गर्दै आएको जमिन यस वर्ष पनि धान रोपी सकेपछी जमिन कटान हुँदा धानबाली नष्ट भएको स्थानीयबासीहरु बताउँछन् ।

यस वर्षको बाढीले मात्र गौरादह नगरपालिका वडा नं. ५ को बालुबथान देखी वडा नं. ६ को दामुना दक्षिण सम्म करिब २५ विघा धानबाली र बोटविरुवा लगाएको जमिन कटान गरि बालुवामा परिणत गरेको छ । साविक कोहवरा गाविस को पश्चिम क्षेत्रमा खोलाको आसपासमा रहेका घर तथा ग्वालीमा पानी पसेर मानिस तथा पशु चौपायाहरुको बिजोग भएको छ भने केही घर परिवारहरुरु विस्थापीत हुन पुगेका छन् । गौरादह वडा नं. ५ को बालुबथान, चप्रामारी, डुबाटोली, कटकपुर वडा नं. ६ को खाडी गाउँ, महादेव थान, टंगुवा, दामुना बजार , पश्चिम क्षेत्र, डिम्माउठा, तेलीयाडाँगी क्षेत्रमा खोलाले खेती योग्य जमिन कटान गरि ठूलो क्षति पुर्याएको वडा नं. ६ का वडाध्यक्ष खड्ग प्रसाद पराजुलीले बताए ।

खोला नियन्त्रण नहुँदा वर्षेनी खोलाले जमिन कटान गरि बालुवामा परिणत गरेपछि घरबार विहिन हुनुको साथै सुकुम्बासी हुने अवस्थामा पुगेको स्थानीय इश्वरमणी शर्माले बताए ।

यस वर्षको बाढीले वडा नं. ५ को चप्रामारी आसपास डुवाटोलीमा १२ घरमा खोलाको पानी पसेपनी ७ घर पूर्ण रुपमा डुबानमा परेका थिए । कटकपुरको सुकुम्बासी टोलमा २० घर, बालुबथान पश्चिम क्षेत्रमा १२ घर, डिम्माउठामा ३० घर खोलाबाट प्रभावित भएको वडा नं. ५ का तारा कुमार श्रेष्ठले जानकारी गराए ।

वडा नं. ६ मा खाडीगाउँमा १२ घर महादेवथानमा २२ घर, दामुना बजार पश्चिम सुकुम्बासी टोलमा १० घर, तेलीया डाँगीमा १० घर, टंगुवामा ५ घर डुबानमा परेको वडा नं. ६ का अध्यक्ष खड्ग प्रसाद पराजुलीले बताए । खोलाको पानी अत्यधिक मात्रामा गाउँपसेपछी घरहरु डुबानमा परेको वडा नं. ६ का अध्यक्ष खड्ग प्रसाद पराजुलीले बताए । खोलाको पानी अत्यधिक मात्रामा गाउँपसेपछी टंगुवामा १ घर र तेलीयाडाँगीमा १ घर परिवार विस्थापीत भएको अध्यक्ष पराजुलीले बताए । अध्यक्ष पराजुलीका अनुसार खोला नियन्त्रणका लागि डि.पी.आर तयार भई स्वीकृत भईसकेको र आगामी वर्षबाट ठेक्का लागि बाँध निर्माणको काम शुरु हुने बताए ।

लगातारको वर्षाका कारण कोहबराको बिरबल चौक पश्चिम स्कुलचौन जोड्ने सडक क्षतीग्रस्त भएको छ भने महादेव स्थान देखी खाँडीगाउँ हुँदै जनता प्रा.वि. जाने सडक पनि पूर्ण रुपमा बिग्रिएको छ । कोहबरा खाडीगाउँ जोड्ने सडक खाल्डा खुल्डी भएर आवत जावतमा समस्या भई सडक अवरुद्ध भएको स्थानीय गणेश श्रेष्ठले बताए । वडा नं. ५ को कटकपुरमा खोलाले हरिसचन्द्र राजवंशीको घर भत्काएको छ । भने सोही समयमा टाटीले लागेर उनको श्रीमतीको खुट्टा भाचिएको छ । राजकुमार राजवंशीको घर खेत बगाएर सुकुम्बासी बनाएको छ ।
त्यसैगरी गाैरीगंंज गाउँपालिका वार्ड नं ५ श्यामटाेलीमा रतुवा खाेलाले कटान गर्न थालेकाे छ । खाेलाकाे बहाव बढ्द‌ैै गएकाे हुनाले त्यसकाे नियन्त्रणका लागि पहल नगरे खाेला गाउँमा पसि घर डुबान गरि बाली नाली सहित मानविय क्षति हुन सक्ने वार्ड सदस्य राजेन्द्र ताजपुरियाले बताए ।
अनलाईन विचारबाट

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहिबार  ५ : ५४ बजे