६ आश्विन २०८१, आइतबार | Mon Sep 23 2024

एकै घरमा २७ वटा बिषालु गाेमन सर्प फेला पर्याे, घरका परिवार सकुसल


९ श्रावण २०७६, बिहिबार  

0
Shares

Screenshot_20190725-230621_Gallery
गाैरीगंज ९, साउन / झापाकाे गाैरादह नगरपालिका वार्ड नं ५ चाप्रामारी कटकपुर बस्ने काशी शर्माकाे घरमा माउ सहित २७ वटा गाेमन सर्पकाेे बच्चा दुलाे भित्र रहेकाे अवस्थामा फेला परेकाे छ ।
मंगलबार रातकाे ११ बजे घरकाे कोठामा सुतिरहेकाे अवस्थामा दुलाे भित्र सर्प रहेकाे थापा पाएपछि घरमा खैलाबैला मच्चिएकाे थियाे ।
काशी शर्माका छाेरा संदिप शर्माका अनुसार छिमेकीकाे सहारामा दुलाे खन्दा २६ वटा गाेमन सर्पका बच्चा भेटिएकाे थियाे । बुधबार विहान माउ गाेमन सर्प फेला परेकाे संदिप शर्माले बताए । ती सबै बिषालु सर्प भएकाे भन्दै गाउँलेले ढुंगा, लाठी , भाला प्रयाेग गरि मारेकाे शर्माले बताए । आज फेरि उनकै घरमा करेट सर्प फेला परेकाेे छ । उत्त सर्पलाई पनि भाला, लाठीले मारी जमिन मुनि गाडेकाे संदिप शर्माले बताए ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहिबार  ५ : २० बजे