५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

नेकपाका जिल्ला इन्चार्जः कहाँ को? (सूची)


५ श्रावण २०७६, आइतबार  

0
Shares

 

 

 

CP

काठमाडौं ५ , साउन /  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सबै जिल्लाका इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी टुंगो लगाएको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले जिल्ला इन्चार्ज तथा सहइन्चार्ज तोक्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

७७ जिल्ला र ६ वटा महानगरपालिको इन्चार्ज र सहइन्चार्ज टुंगो लगाएको उनले बताए। कूल ८३ इन्चार्जमध्ये पूर्वएमालेको भागमा ४५ र पूर्वमाओवादीको भागमा ३८ परेका छन्।

इन्चार्ज पूर्व एमालेको भएका स्थानमा सह इन्चार्ज पूर्व माओवादी र माओवादीका भागमा इन्चार्ज परेको स्थानमा सह इन्चार्ज पूर्व एमाले रहने सहमति यसअघि नै भइसकेको छ। त्यही समहति अनुसार इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोकिएको हो।

कुन जिल्लामा को इन्चार्ज? सूची हेर्नुहोसः

 

ncp_list

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  १२ : ०५ बजे