१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

विज्ञापन खारेजी माग गर्दै आदिवासी जनजातिहरुको आयोगको कार्यालय अगाडि प्रदर्शन


२ श्रावण २०७६, बिहिबार  

0
Shares

123

काठमाडौं  २,  साउन  / स्थानीय तहका लागि खोलिएको विज्ञापन खारेज गर्न मागसहित आदिवासी जनजातिहरुले बिहीबार लोकसेवा आयोगको अनमाननगरस्थित कार्यालय अगाडि प्रदर्शन गरेका छन्।  विज्ञापन खारेजी माग गर्दै आदिवासी जनजाति महासंघसहितका संघसंस्थाले आयोगको कार्यालय अगाडि प्रदर्शन गरेका हुन्। विज्ञापन समावेशी र समानुपातिक नभएको भन्दै उनीहरुले एक महिना अघिदेखि प्रदर्शन गरिरहेका छन्।  आयोगले गत असारमा गरेको विज्ञापनको परीक्षा सुरु हुन एकदिन अगाडि खारेजी माग गर्दै प्रदर्शन गरेका हुन् । आयोगले ५ सय १५ स्थानीय तहमा रिक्त ९ हजार १ सय ६१ पदका लागि जेठ १५ मा विज्ञापन गरेको थियो ।  असार १० सम्म आवेदन दिने म्याद तोकिएको थियो । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले लोकसेवाको विज्ञापन समावेशी नभएको जिकिरसहित रद्द गर्न निर्देशन दिएको थियो । सर्वोच्च अदालतले विज्ञापनलाई यही वैधानिकता दिने निर्णय गरेपछि अब परीक्षामा कुनै बाधा नहुने भएको हो।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहिबार  ८ : १२ बजे