५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

गौरादहमा पानीमा डुबेर एक बालकको मृत्यु


८ असार २०७६, आइतबार  

0
Shares

mritak_MoBO0ceO1I
गौरीगंज ८,असार/ गौरादह नगरपालिकामा पानी जमेको खाल्डोमा परी गौरादह नगरपालिका वार्ड नं. ८ बस्ने तेजबहादुर बोहराको १० वर्षीय छोरा प्रचल बोहराको हिजो मृत्यु भएको छ । घरनजिकै खेल्ने क्रममा इँटाभट्टाको पानी जमेको खाल्डोमा डुबिरहेको अवस्थामा स्थानीयले बालक प्रचललाई फेला पारेका थिए। डुबेर बेहोस भएका बालकलाई उपचारको लागि लाइफ लाइन अस्पताल दमक लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरी गौरीगंज इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले बताए।
त्यस्तै भद्रपुर नगरपालिका १ स्थित बेभरी गौतमको घरमा सप्ताह महापुराणमा गएका बिर्तामोड नगरपालिका ४ बस्ने ४० वर्षीय अमृत आचार्यको करेन्ट लागेर मृत्यु भएको छ। शनिवार राती ११ बजे ट्युवलमा पानी चलाउने क्रममा बिजुलीको तार सर्ट भई आचार्यलाई करेन्ट लागेको थियो। करेन्ट लागेर बेहोस भएका आचार्यको उपचारको क्रममा ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा मृत्यु भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जनाकारी दिए।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ९ : ३६ बजे