२८ भाद्र २०८१, शुक्रबार | Fri Sep 13 2024

प्रदेश १ सरकारले आज बजेट सार्वजनिक गर्दै, ४५ अर्ब बराबरको बजेट आउदै


१ असार २०७६, आइतबार  

0
Shares

20190616_180729

विराटनगर १, असार / आगामी आर्थिक वर्ष २०७६,७७ का लागि प्रदेश १ सरकारले आज आइतबार बजेट सार्वजनिक गर्दैछ । सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आज दिउँसो ३ बजे बस्ने भनिएको प्रदेशसभा बैठकमा आगामी वर्ष सञ्चालन गर्ने परियोजना र कार्यक्रमसहित बजेट सार्वजनिक गर्ने योजना छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष करिव ४२ देखि ४५ अर्बको बीचमा बजेट सार्वजनिक गर्ने गर्ने तयारी गरेको छ ।

अघिल्लो आर्थिक वर्ष ३५ अर्व २ करोडको बजेट प्रदेश सरकारले ल्याएको थियो । सरकारले आगामी वर्ष प्रदेश प्राथमिकता प्राप्त बहुवर्षीय आयोजनाहरु, विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार भएका आयोजना र क्रमागत आयोजनामा मात्र बजेट विनियोजन गर्ने भएको छ । यसले आगामी आर्थिक वर्षको सुरुवाती दिनबाटै पूँजीगत खर्च प्रकृया अघि बढ्ने विश्वास आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोको छ ।प्रदेश सरकारले आगामी वर्ष कृषि आधुनिकीकरण, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने भएको छ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटको करिव ४० प्रतिशत भन्दा बढी रकम पूर्वाधार विकासमा मात्र खर्च गर्ने तयारी गरेको छ । यसैबीच प्रदेश सरकारले प्रदेशसभामा समानुपातिक तर्फबाट प्रतिनिधित्व गर्ने सदस्यहरुलाई पनि छुट्टै विकास योजना दिने भएको छ । आगामी वर्ष प्रदेश सभाका ९३ जना सदस्यलाई ५० लाखसम्म खर्च गर्न सक्ने गरी योजना दिने र प्रत्यक्ष तर्फबाट निर्वाचितहरुलाई ३ करोडको प्रदेशसभा निर्वाचन क्षेत्र विकास कार्यक्रम पनि दिने तयारी गरेको छ । यसबाट प्रदेश सरकारको दायित्व बढ्ने देखिएको छ ।

अघिल्लो वर्ष ५६ जना प्रदेश सभा सदस्यले २ करोडका दरले यस्तो रकम प्राप्त गरेका थिए । अब आगामी वर्ष प्रत्यक्ष तर्फबाट निर्वाचितले ३ करोड ५० लाख रुपैयाँको योजना प्राप्त गर्ने छन् भने समानुपातिक तर्फका सदस्यले ५० लाखको योजना प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  १२ : २२ बजे