५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

गाैरीगंजका बालबालिकालाई भित्तेपत्रिका तालिम


१८ जेष्ठ २०७६, शनिबार  

0
Shares

20190601_214623

गौरीगञ्ज १८ ,जेठ / झापाको गौरीगञ्ज गाउँपालिकामा रहेका ४ वटा माध्यमिक विद्यालयका ४५ जना विद्यार्थीलाई बाल भित्ते पत्रिका सम्बन्धि तालिम प्रदान गरिएको छ । गाउँपालिकाको सहयोगमा मदानी मिडिया दमकले दुई चरणमा गरी ४ दिन सम्म सञ्चालन गरेको तालिमको शनिबार समापन गरिएको हो ।

तालिममा वाल कल्याण मावि, आदर्श मावि, गौरीगञ्ज मावि र खजुरगाछी माविका विद्यार्थी सहभागी थिए । दोश्रो चरणको तालिमको आज गौरीगञ्ज माविमा समापन गरिएको हो । गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठको प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्य, गौरीगञ्ज ३ का वडाध्यक्ष मखना महतो र ४ का वडाध्यक्ष कुलप्रसाद गिरीको विशेष आतिथ्य रहेको थियो । समापन कार्यक्रमका वक्ताहरुले बालबालिकामा रहेको विशेष प्रतिभाहरुको प्रस्फुटन गराउन , उनीहरुको सीप , नेतृत्व र व्यक्तित्व विकासमा यस किसिमका तालिमले महत्वपूर्ण टेवा पुरयाउने विश्वास व्यक्त गरे । सहभागीहरुलाई तालिममा प्रमाण पत्र र भित्ते पत्रिका प्रकाशनका लागि आवश्यक सामग्री समेत प्रदान गरिएको कार्यक्रम संयोजक विष्णु पौडेलले बताए । तालिममा गोपाल झापालीले मुख्य प्रशिक्षकको भुमिका निर्वाह गरेका थिए ।

प्रकाशित मिति : १८ जेष्ठ २०७६, शनिबार  ४ : ०३ बजे