५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

प्रदेश सरकारले गठन गरेको कार्यदलले प्रतिबेदन बुझायो, बेरोजगार पत्रकारलाई कोष बनाउन सुझाव


१७ जेष्ठ २०७६, शुक्रबार  

0
Shares

 

karyadal

विराटनगर १७, जेठ /  
प्रदेश सरकारले बनाएको आम सञ्चार अध्ययन कार्यदलले सुझाव सरकारलाई बुझाएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले २०७६ बैशाख ५ गते मन्त्रीस्तरिय निर्णयबाट यज्ञ प्रसाद शर्माको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको थियो ।

कार्यदलले प्रदेश सरकारलाई पत्रकारिता प्रशिक्षण प्रतिष्ठान गठन गर्न सुझाव दिएको छ ।  विज्ञापन बितरणमा स्थानीइ संचारमाध्यामलाई प्राथमिकता, बिज्ञापन प्राधिकरण गठन लगायतको सुझाव कार्यदलले दिएको छ । कार्यदलले २५ बर्षसम्म काम गरेका पत्रकारहरुको सुची समेत तयार पारेर सरकारलाई उपलब्ध गराएको कार्यदलका संयोजक यज्ञ शर्माले जानकारी दिए ।

पत्रकार तथा संचारकर्मी दुर्घटना परेको बेला, गम्भीर प्रकृतिको रोगलागी समस्या भएको बेला श्रमजीवी पत्रकार बेरोजगार भई सहयोग गर्नु पर्ने अबस्था भएमा एक पत्रकार सुरक्षा कोषको माग पनि कार्यदलले बुझाएको प्रतिबेदनमा गरिएको छ । त्यस्तै कुनै दुर्घटनाका कारण वा दुर्घटना नभई पत्रकार अपाङ्ग भई पत्रकार काम गर्न नसक्ने अबस्था भएमा प्रदेश सरकारको तर्फबाट सहयोग गर्नको लागि पनि पत्रकार सुरक्षा कोष आबस्यक पर्ने पर्ने कार्यदलको सुझाव छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७६, शुक्रबार  ९ : ३७ बजे