५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

विराटनगरमा शिखर पुरूष गिरिजाप्रसाद कोइरालाको नाममा ‘संग्राहलय’ निर्माणको काम शुरु


१६ जेष्ठ २०७६, बिहिबार  

0
Shares

20190530_200807

विराटनगर, १६ जेठ / नेपाली राजनीतिका शिखर पुरूष स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नाममा संग्राहलय निर्माण हुने भएको छ । विराटनगर—७ स्थित कोइराला निवासमा बन्ने संग्राहलयको जीपी फाउन्डेशन अध्यक्ष तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले विहिवार संग्राहालय भवनको एक कार्यक्रमका विच शिलन्यास गरिन् ।

स्वर्गीय कोइरालाको जीवनीमा आधारित उपलब्ध भएसम्मका सवै बस्तु संग्रहालयमा राखिने छ । फाउन्डेशनका अध्यक्ष सुजाताले स्वर्गीय कोइराला नयाँ नेपालको पिता भएको दावी गर्दै उनकै सम्झनामा संग्रहालय निर्माण हुन लागेको बताइन ।
प्रदेश सरकारको ४० लाख , समाजिक विकास मन्त्रालयको २० लाख र विराटनगर महानगरको १५ लाख रूपैयाको प्रारम्भिक सहयोगमा भवन निर्माण सुरू गरिदै छ । कुल ४ करोड खर्च गरेर निर्माण हुने संग्राहालय ४ तल्लाको हुनेछ ।
स्वर्गीय कोइरालाले सुत्ने ओछयान देखी निजी जीवनमा प्रयोग गर्ने सवै सामाग्री संग्राहलयमा प्रर्दशनीमा राखिने छ । त्यस्तै विदेशी राष्ट्रअध्यक्ष सँग खिचेका फोटो , लत्ता कपडा लगायतका सामाग्री राखिने छ ।
अध्यक्ष सुजाताले संग्राहलयमा पिताजी कृष्णप्रसाद कोइरालाका ५ छोरा मातृका , वीपी, केशव, गिरिजा र तारणी प्रसादका सवै सामाग्री प्रर्दशनीमा राखिने बताईन । प्रदेशकै पर्यटकीय गन्तव्य हुने यो संग्रहालय अवलोकन गर्न विदेशीहरू पनि आउने उनको दावी छ ।
कार्यक्रममा प्रदेश सभा सांसद केदार कार्की , विराटनगरका मेयर भीम पराजुलीले संग्रहालयको निर्माणको लागि सहयोग गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति घनश्याम लालदास, फाउन्डेशनका प्रदेश .१ अध्यक्ष इन्दिरा थापा लगाएतले धारणा राखेका थिए ।

प्रकाशित मिति : १६ जेष्ठ २०७६, बिहिबार  २ : २३ बजे