५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

गाैरीगंज गाउँपालिकामा १३ सय ५० जनाले वेराेजगार फारम भरे


१४ जेष्ठ २०७६, मंगलबार  

0
Shares

20190528_173540

गाैरीगंज १४, जेठ / प्रधानमन्त्री राेजगार कार्यक्रम अन्तर्गत गाैरीगंज गाउँपालिकामा १ हजार ३ सय ५० जना वेराेजगार व्यक्तिले आवेदन फारम भरेका छन् ।
चैत पहिलाे साताबाट खुल्ला गरिएकाे प्रधानमन्त्री राेजगार कार्यक्रम अन्तरगत वेराेजगार व्यक्तिहरूकाे आवेेेेदन फारम याे संख्या भने चैत मसान्त सम्मकाे हाे । कार्यालयले १ महिना थप म्याद गरेपछि यसकाे संख्यामा वृद्धि हुने कार्यालयले जनाएकाे छ ।
गाैरीगंज गाउँपालिकाे वार्ड नं १ मा ११३ जना, वार्ड नं. २ मा ५३४, वार्ड नं. ३ मा २५०, वार्ड नं ४ मा १६३, वार्ड नं ५ मा १४२ र वार्ड नं. ६ मा १४२ जना आवेदन दिएकाे गाैरीगंज गाउँपालिककी राेजगार संयाेजक बेगम राईले बताईन् ।
उनका अनुसार आवेदन दिनेहरूकाे तथ्यांक भर्ने कार्य जारी रहेकाेले यसकाे संख्या अझ बढ्नेछ ।
सरकारकाे वेराेजगार व्यक्तिहरूलाई निम्नतम ९० दिन बराबरकाे राेजगारी दिने नीति अनुरूप देशभरका स्थानिय निकायहरूबाट आवेदन खुल्ला गरेकाे थियाे ।
आफुले सिकेकाे सीप अनुसार आफुले काम गर्न चाहेकाे क्षेत्र फारममा भरी आवेदकले आवेदन दिन सक्ने प्रावधान राखिएकाे थियाे ।

प्रकाशित मिति : १४ जेष्ठ २०७६, मंगलबार  ११ : ५२ बजे