१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंज गाउँपालिका वार्ड नं ३ द्वारा सामुदायिक विध्यालयका बालबालिकालाई पाेशाक वितरण


२६ बैशाख २०७६, बिहिबार  

0
Shares

20190509_204619
गाैरीगंज २६, बैशाख / गाैरीगंज गाउँपालिका वार्ड नं ३ का समाुदायिक विध्यालयका २ सय १० जना बालबालिकालाई आज पाेशाक वितरण गरिएकाे छ ।
वार्ड नं ३ का अध्यक्ष मखना महताेकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा वडा भित्र रहेका गाैरी आधारभुत प्रावि, गाैरीगंज आधारभुत प्रावि र गाैरीगंज माविका लक्षित समुदायका बालबालिकालाई लक्षित सर्ट र पेन्ट वितरण गरिएकाे हाे ।
लक्षित कार्यक्रम अन्तर्गत वडा कार्यालयले गौरी आधारभुत प्राविका कक्षा २ र ३ का ५५ जना, गाैरीगंज आधारभुत प्राबिका कक्षा १ , २ का ५५ जना बालबालिका र गौरीगञ्ज माबिका कक्षा १ , २ ३ र ४ का १०० जना बिद्यार्थीहरुलाइ पोसाक बितरण गरिएकाे थियाे । कार्यक्रममा गाैरीगंज माविका शिक्षक कर्मा शेर्पा, गाैरीगंज आधारभुत प्राविकाका प्रअ माेतीलाल ताजपुरिया, गाैरीगंज स्राेत केन्द्रका प्रमुख केशव भट्टराई, सहारा नेपालका म्यानेजर उमेश भारतीलगायतकाे सहभागिता थियाे ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहिबार  ३ : २८ बजे