५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

प्रदेश नं १ को नाम अन्ततः ‘कोशी’ र स्थायी राजधानी ‘विराटनगर’


२० बैशाख २०७६, शुक्रबार  

0
Shares

20190503_142820
विराटनगर २०, बैशाख/ प्रदेश नं १ को नाम अन्ततः ‘कोशी’ र स्थायी राजधानी ‘विराटनगर’ राख्न सत्तारुढ दल नेकपा सहमत भएको छ । प्रदेशको नाम ‘सगरमाथा’ र राजधानी ‘इटहरी’ राख्न दुई तिहाइ सांसदहरुको मत हुँदाहुँदै पनि अन्ततः केन्द्रले ह्वीप जारी गरेपछि नेकपाका सांसदहरु प्रदेशको नाम र राजधानी राख्न सहमत भएका हुन् ।

‘दुई तिहाइभन्दा बढि सांसदहरु प्रदेश १ को नाम ‘सगरमाथा’ र स्थायी राजधानी ‘इटहरी’को पक्षमा थिए, तर पार्टीले ह्वीप जारी गरेपछि ‘कोशी’ र ‘विरानगरमा’ मा मत जाहेर गर्नु पर्यो ।’ नाम नबताउने शर्तमा नेकपाका एक सांसदले भने, ‘जनप्रतिनिधीको बहुमत भन्दा ठ्याक्कै उल्टो भयो रु नेकपा भित्रै पनि सबैभन्दा बढि नाममा सगरमाथा त्यसपछि किरात, कोशी र लिम्बू थियो, तर अन्त्यमा आएर कोशीमा सहमती गर्नु पर्यो ।’

‘निर्वाचनका बेला प्रदेशको नाम र राजधानीको विषयमा दिल खोलेर गरेको प्रतिबद्धता सांसदहरुलाई सम्झाउने बेला आए जस्तो छ ।’ किरात राई यायोक्खाका अध्यक्ष दिवस राईले भने, ‘किरात विनाको प्रदेशको नाम कुनै पनि हालतमा मान्य हुने छैन रु किरातको पक्षमा बहुमत हुँदाहुँदै पनि नामाकरण गर्न आलटाल गर्नेलाई त्यसको हिसाब किताब जनताले देखाउने छन् ।’

नेकपा संसदीय दलको बैठक शुक्रबार दिनको १ बजे बोलाइएको छ । दलको बैठकमा प्रदेशको नाम र स्थायी राजधानीको बारेमा पार्टीको आधिकारीक धारणा र ह्वीपको विषयमा छलफल हुने नेकपा प्रदेश नं १ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताए । नेकपाले प्रदेशको नाम र स्थायी राजधानीको विषयमा आधिकारीक धारणा साँझसम्म सार्वजनिक गरिसक्ने पनि उनले बताए ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ८ : ४३ बजे