५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

जन्मसिद्धका सन्तानलाई वंशजकाे आधारमा नागरिकता दिने बाटाे खुल्याे


३ बैशाख २०७६, मंगलबार  

0
Shares

20190416_184855

काठमाडाैं ३, चैत /  सर्वोच्च अदालतले जन्मका आधारमा नागरिकता लिएकाका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने बाटाे खाेलिदिएकाे छ। 
गृह मन्त्रालयको पत्रअनुसार जन्मको आधारमा नागरिकता लिएकाको सन्तानलाई वंशजको नागरिकता दिन सबै जिल्ला प्रशासन कार्यालयलाई बाटो खुला भएको हो।
यसअघि सर्वोच्चकै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले सर्कुलर रोक्न अन्तरिम आदेश दिएको थियो।
चैत २५ को उक्त आदेशलाई सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासले खारेज गरेपछि नागरिकता वितरणको बाटो खुलेको हो।

वंशजको आधारमा नागरिकता प्रदान गर्न सकिने गरी गृह मन्त्रालयले गत चैत १९ गते मुलुकभरका जिल्ला प्रशासन कार्यालयमा सर्कुलर गरेको थियो।

जन्मको आधारमा नेपालको नागरिकता प्राप्त नागरिकका सन्तानले आफ्नो बाबु र आमाको नेपाली नागरिकताको प्रमाण पत्र संलग्न गरी नेपाली नागरिकता पाउन निवेदन दिएमा वंशजको आधारमा प्रक्रिया अपनाई दिन गृहमन्त्रीको निर्देशन थियो।

सर्कुलर विरुद्ध रिट
गृह मन्त्री रामबहादुर थापाको एकल निर्णय अनुरुप गरिएको उक्त सर्कुलर संविधान र नेपाल नागरिकता ऐनविरुद्ध भएको दाबीसहित वरिष्ठ अधिवक्ता बालृकष्ण नेउपानेले सर्वोच्चमा रिट दिएका थिए।
उक्त रिटमा सरकार र रिट निवेदकबीच छलफलका लागि मंगलबारलाई सर्वोच्चमा झिकाइएको थियो। दुईतर्फी बहस सुनेपछि संयुक्त इजलास अघिल्लो अन्तरिम आदेशलाई खारेज गर्ने निष्कर्षमा पुगेको हो।
नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न पेश गरेका विधेक हाल संघीय संसदमा विचाराधीन रहेको छ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलबार  १ : ०३ बजे