४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

गृह मन्त्रालयकाे परिपत्र कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश


२६ चैत्र २०७५, मंगलबार  

0
Shares

20190409_092034

गाैरीगंग २६, चैत / जन्मका आधारमा नागरिकता लिएका नागरिकको सन्तानलाई वंशजको नागरिकता दिनु भन्ने गृह मन्त्रालयको सर्कुलर कार्यान्वयन नगर्न सर्वोच्च अदालतले सोमबार अन्तरिम आदेश दिएको छ । वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले दायर गरेको रिटमा न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले सर्कुलर तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो ।

गृह मन्त्रालयले चैत १९ गते देशभरका सबै जिल्ला प्रशासन कार्यालयलाई जन्मका आधारमा नागरिकता प्राप्त गर्ने नागरिकका सन्तानलाई कानून बमोजिम वंशजको नागरिकता दिनु भनी सर्कुलर गरेको थियो । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसमेतलाई विपक्षी बनाइएको छ । सर्वोच्चले वैशाख ३ गते दुवै पक्षलाई छलफलका लागि बोलाएका छ ।

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलबार  ३ : ३६ बजे