७ कार्तिक २०८१, बुधबार | Thu Oct 24 2024

भारत–पाकिस्तान तनावबारे बोल्यो नेपाल सरकार, आतङ्कवादी आक्रमणको कडा निन्दा


१६ फाल्गुन २०७५, बिहिबार  

0
Shares

20190228_065755

काठमाडौं १६, फागुन / सरकारले भारत र पाकिस्तानबीचको तनाब वार्ताका माध्यमबाट हुनुपर्नेमा जोड दिएको छ ।

यही फागुन २ गते जम्मुकाश्मिर राज्यको पुलवामा सुरक्षाफौजमाथि भएको आतङ्कवादी आक्रमणपछि भारत र पाकिस्तानबीच बढेको तनावले नेपाल सरकारलाई चिन्तित तुल्याएको बताउँदै परराष्ट्र मन्त्रालयले शान्तिपूर्ण माध्यमबाट परिस्थितिलाई सामान्य बनाउन आग्रह गरेको छ । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को अध्यक्षका नाताले नेपाल दक्षिण एशियामा शान्ति र स्थायित्व कायम हुनुपर्छ भन्नेमा दृढ रहेको उल्लेख गर्दै उक्त मन्त्रालयले जारी गरेको वक्तव्यमा दुवै पक्षलाई अत्यधिक संयमित हुन आग्रह गरेको छ ।

दक्षिण एशियाको शान्ति र सुरक्षामा जोखिम हुने कुनै किसिमका गतिविधिमा संलग्न नहुन पनि सरकारले भारत र पाकिस्तानसँग अनुरोध गरेको छ । फागुन २ गतेको आतङ्कवादी आक्रमणको नेपाल सरकारले कडा शब्दमा निन्दा गरेको थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहिबार  १ : १३ बजे