५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

प्रदेश १ सरकारले मनायाे प्रजातन्त्र दिवस, जन अपेक्षा पुरा गर्न सबैकाे सहयाेगकाे अपेक्षा


७ फाल्गुन २०७५, मंगलबार  

0
Shares

20190219_151915

विराटनगर ७, फागुन / प्रदेश १ सरकारले दाेश्राे पटक प्रजातन्त्र दिवस मनाएकाे छ । विराटनगरमा मंगलबार ६९ औँ प्रजातन्त्र दिवसका अवसरमा एक कार्यक्रमकाे आयाेजना गरी प्रजातन्त्र दिवस मनाएकाे हाे । कार्यक्रमलाई सम्वाेधन गर्दै प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जनताले विकास र सम्बृद्धिको जनादेश दिएकोले त्यस जनादेशको कार्यान्वयनको पक्षमा आफूहरु उभिएको बताएका छन् ।
प्रदेश सरकारको एकवर्षे कार्यकाल सुस्त भएको भन्ने टीप्पणीप्रति मन्त्री कार्कीले सम्बृद्धिका लागि सरकार, राष्ट्रसेवक सबैले एक भएर कार्य गर्नुपर्ने अवस्था रहेको बताए। जनताको बलमा प्राप्त जनादेशमा निराशा छाउन नदिनका लागि प्रदेश सरकारले बनाएको योजना, घोषित कार्यक्रमलाई पूर्णता दिनुपर्ने आफूहरुको अभिभारा रहेको मन्त्री कार्कीको भनाइ छ।

कार्यक्रमलाई सम्बाेधन गर्दै समाजिक विकास मन्त्री जीवन घिमिरेले नेपाली जनतामा अझैपनि हिजोकै सामान्तवादको ढर्रा यथावत रहेको गुनासो गरे। मन्त्री घिमिरेले सामान्तवादी ढर्रालाई विस्थापित गर्दै लोकतान्त्रिकरण गर्ने भन्ने चुनौतिको विषय आफूहरुबीच समस्याका रुपमा रहँदै आएकोले त्यसबाट सबै बाहिर निस्कनु आवश्यक रहेकाे बताए । प्रजातन्त्र दिवसका अवसरमा प्रदेशस्तरीय समारोह समितिले विराटनगरको ट्राफिक चौकदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसम्म प्रभातफेरिको आयोजना गरेको थियो। प्रभातफेरिका क्रममा प्रदेशका कृषि वन पर्यटन मन्त्री जगदीश कुसियत, मोरङ जिल्ला प्रमुख रमेशकुमार केसी, प्रदेश प्रहरी प्रमुख डिआइजी केदार रिजाल लगायतको उपस्थिती रहेको थियो।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ९ : ३४ बजे