१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंजमा आधारभुत तह स्तरिय खेलकुद प्रतियोगिता सम्पन्न


२४ माघ २०७५, बिहिबार  

0
Shares

20190207_143516

गाैरीगंज २५, माघ/ गाैरीगंजल गाउँपालिका आधारभुत तह स्तरिय खेलकुद प्रतियोगिता विहिबार समापन भएकाे छ ।
गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले विभिन्न विधामा विजेता विधार्थीलाई मेडलसहित पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा हाईजम्प, लङ्ग जम्प, क्रिकेट, १०० मिटर दाैड, २०० मिटर दाैड, हिसाब दाैड र फुटबल प्रतियाेगिता गराईएकाे थियाे ।
हाईजम्पमा छात्रतर्फ जनता आ. विधालयका राेहित ताजपुरिया प्रथम, खजुरगाछी माविका विजय कुमार महताे दाेस्राे र ज्ञानकुञ्ज एकाडमीका मनिष शाह तेस्रो भएका थिए । हाईजम्पमै छात्रातर्फ आदर्श माविकी जसाेदा ठाकुर प्रथम, बालकल्याण माविकी बिना राजवंशी दाेस्राे र देवकोटा माविकी मिना कुमारी महताे तेस्रो भएकी थिईन ।
लङ्गजम्पमा छात्रतर्फ खजुरगाछी माविका विजय महताे प्रथम, आदर्श माविका पंकज राजवंशी दाेस्राे र ज्ञानकुञ्ज एकाडमीका अतीत थापा तेस्राे भएका थिए । छात्रातर्फ बालकल्याण माविकि छात्रा विना राजवंशी प्रथम, खजुरगाछी माविकी मनमाया शिवा र आदर्श माविकी नुना न्याेपाने तेस्रो स्थान हासिल गरेकी थिईन । क्रिकेट प्रतियाेगितामा युनिभर्सल एकाडमी प्रथम र ज्ञानकुञ्ज एकाडमी दाेस्राे भएका थिए । १ देखि ५ हिसाब दाैडमा छात्रतर्फ क्रिमसन बाेर्डिङ्गका रविन कुमार दास प्रथम र दाेस्राे दियाे बाेर्डिङ्ग स्कुल भएका थिए । त्यसैगरी छात्रा तर्फ डनभिलेज एकाडमीकि रमा काेईराला प्रथम, सनसाइन बाेर्डिङ्ग स्कुलकी रिम्पा राजवंशी दाेस्राे र खजुरगाछी माविकि पार्वती हास्दा तेस्राे भएकी थिईन् ।

१०० मिटर दाैड (१ – ८) छात्रतर्फ स्नाेह्वाईट बाेर्डिङ्ग स्कुलका रविन शाह प्रथम, जनकल्याण आ.वि.का ओम प्रकाश राजवंशी दाेस्राे र खजुरगाछी माविका विजय महताे तेस्रो भएका थिए । त्यसैगरी छात्रातर्फ ज्ञानकुञ्ज एकाडमीकि रिया शाह प्रथम, आदर्श माविकी नुना न्याैपाने दाेस्राे र जनकल्याण आ.वि. कि निलिमा राई तेस्रो भएकी थिईन ।
२०० मिटर दाैडमा छात्रतर्फ जनकल्याण आ.वि.का ओमप्रकाश राजवंशी प्रथम, गाैरीगंज माविका अर्जुन टुडु दाेस्राे र युनिभर्सल एकाडमीका महेश गिरी तेस्रो भएका छन् । त्यसैगरी २०० मिटर दाैडमा छात्रातर्फ ज्ञानाेदय आ.मा.वि.कि अर्पणा पाेख्रेल प्रथम, जनकल्याण आ.वि. कि निनिमा राई दाेस्राे र जनता आ. वि. कि एलिना साेरेन तेस्रो भएकी छन् । त्यसैगरी १ देखि ५ सम्मकाे छात्रतर्फकाे फुटबल प्रतियोगितामा युनिभर्सल एकाडमी प्रथम र ईन्स्ट्युसन एकाडमी दाेस्राेे भएकाे थियाे ।
त्यसैगरी १ देखि ५ कक्षासम्मकाे १०० मिटर दाैडमा छात्रतर्फ सांघुकुटी बाेर्डिङ्ग स्कुलका कैफ आलम प्रथम, जनकल्याण आ.वि. का लक्की राजवंशी दाेस्राे र स्नाेह्वाईट बाेर्डिङ्ग स्कुलका रूपेश ताजपुरिया तेस्राे भएका थिए भने छात्रातर्फ एडभान्स एकाडमीकि जेसिका बस्नेत प्रथम, न्यु युनिभर्सल एकाडमीकी दिपिका राजवंशी दाेस्राे र स्नाेह्वाईट बाेर्डिङ्ग स्कुलकी सविक्षा सुब्बा तेस्राे भएकी थिइन् ।
१ देखि ५ कक्षासम्मकाे २०० मिटर दाैडमा छात्रतर्फ सांघुकुटी बाेर्डिङ्ग स्कुलका कैफ आलम प्रथम, जनकल्याण आ. वि.का लक्की राजवंशी र खजुरगाछी माविका महेन्द्र हास्दा तेस्राे भएका थिए ।
त्यसैगरी छात्रातर्फ जीवन ज्याेति बाेर्डिङ्ग स्कुलकि तुलसा राजवंशी प्रथम, चिल्हारा प्रा. वि.कि रानी हेमरम दाेस्राे र न्यु युनिभर्सल एकाडमी महाभराकि दिपिका राजवंशी तेस्राे भएकी थिइन् ।
गाउँपालिकाका उपाध्यक्ष तथा शिक्षासमितिका संयाेजक दिपिन्द्र थापाकाे अध्यक्षतामा सम्पन्न भएकाे कार्यक्रममा गाैरीगंज स्राेत केन्द्रका स्राेत व्यत्ति डिल्लीराम अधिकारी, वार्ड नं ३ का अध्यक्ष मखना महताे, कार्यपालिका सदस्य लिलादेवी गन्गाई, विभिन्न विधालयका प्रअ, शिक्षक तथा विधार्थीकाे उपस्थित थियाे ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहिबार  ४ : १३ बजे