१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सहारा नेपालकाे २ दिने युवा नेतृत्व तालिम सम्पन्न


११ माघ २०७५, शुक्रबार  

0
Shares

20190125_155715

गाैरीगंज ११, माघ / सहारा नेपालकाे २ दिने युवा नेतृत्व विकास तालिम आज समापन भएकाे छ ।
सेन्टर फर क्रिएटिभ लिडरसिफ र ह्यबिट्याट फर ह्ययुमानिटिकाे साझेदारीमा सहारा नेपालकाे आयाेजनामा गाउँपालिकाे सभा हलमा शुरू भएकाे तालिमकाे उद्घाटन गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले गरेका थिए ।
तालिमकाे पहिलाे सत्रमा दिगाे विकासका लागि समुदायलाई चाहिने आवश्यक तत्वहरू, नेतृत्वका लागि मार्ग दर्शन-पङ्क्तिबद्वता – प्रतिबद्वता चाहिने, सामाजिक पहिचान, सामाजिक परिचयका विषयमा अन्तरक्रियात्मकरूपमा चर्चा गरिएकाे थियाेे भने दाेस्राे सत्रमा मानसिक धारणा, अवस्था -व्यवहार र प्रभाव, संचार र त्यसकाे पृष्ठपाेषणलगायत विषयमा सिकाईएकाे थियाे ।
कार्यक्रमकाे उद्वघाटन सत्रमा गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापा, लायन्स क्लव अफ ईटहरी ग्रीन सीटी इटहरीकि अध्यक्ष निर्मला चाैधरी, ह्याविट्याटका युवा परिचालन पुर्वाञ्चल संयाेजक नसिम शरबरलगायतले शुभकामना मन्तब्य राखेका थिए ।
गाउँपालिकाका जनप्रतिनिधिसहित ३५ जना सहभागिता रहेकाे तालिमकाे सहजिकरण सहारा नेपालका उमेश भारती, कुसुम उप्रेती, चन्दा सिटाैला र विनाेद दाहालले गरेका थिए । गाैरीगंज गाउँपालिकाकाे संयाेजनमा भएकाे तालिमकाे कार्यपालिका सदस्य राधा अधिकारीकाे अध्यक्षतामा उद्वघाटन भएकाे थियाे ।
गाैरीगंज गाउँपालिका वार्ड नं३ बस्ने कदमीदेवी मुखियाकाे आवास निर्माणका लागि ७ सदस्यीय समिती समेत गठन गरिएकाे छ । गाैरीगंज गाउँलिकाका वार्ड नं ३ कि वडा सदस्य हेमा आचार्यकाे संयाेजकत्वमा ७ सदस्यीय आवास निर्माण सहयाेग समिति गठन भएकाे हाे । सदस्यहरूमा वार्ड सदस्य भवेश दास, गिता शर्मा, आत्माराम राजवंशी, मदन राजवंशी, नबराज सुवेदी, ईन्द्र नेपाल छन् । समितिले कार्ययाेजनासमेत बनाई सहजकर्तालाई उपलब्ध गराएका थिए ।

प्रकाशित मिति : ११ माघ २०७५, शुक्रबार  ११ : ३३ बजे