५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

प्रअ झा हटाईए, आचार्य नियुक्त भए


८ माघ २०७५, मंगलबार  

0
Shares

FB_IMG_1548080502287
गाैरीगंज ८, माघ / पूर्वकै अग्रणी सामुदायिक विद्यालयका रुपमा परिचित दमक २ स्थित हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णुकान्त झालाई पदबाट हटाईएको छ । काम चलाउ विद्यालय व्यवस्थापन समितिले झालाई प्रअको जिम्मेवारीबाट हटाएर सहायक प्रधानाध्यापक ओमप्रसाद आचार्यलाई प्रअका रुपमा जिम्मेवारी दिएको छ ।

नगरपालिकाले जारी गरेको शिक्षा नियमावली विरुद्ध सर्वोच्च तथा उच्च अदालतमा मुद्धा चलिरहेको अवस्थामा विद्यालय व्यवस्थापन समितिले गरेको उक्त निर्णय प्रति विरोध हुन थालेको छ । नेपाली कांग्रेस क्षेत्रीय समिति र दमक नगर समितिले प्रअ झालाई अपमान हुने गरि राजनीतिक आस्थाका आधारमा हटाईएको भन्दै निर्णय सच्याँउन सात दिने अल्टिमेटम दिएका छन् ।

वडाध्यक्ष प्रजापति सापकोटाको अध्यक्षतामा काम चलाउ तीन सदस्यीय उक्त समितिको निर्णयले प्रअ झालाई पद मुक्त गरेर नयाँ प्रअ आचार्यलाई सोमबार नियुक्त गरेको हो ।
झालाई जिम्मेवारीवाट हटाउनुको कारण खुलाईएको छैन् । यद्यपि दलीय आस्थाका आधारमा कार्यरत प्रअ झालाई हटाएको हुन सक्ने शिक्षा सरोकारवालाहरुले अनुमान गरेका छन् ।
नगरपालिकाले जारी गरेको शिक्षा नियमावली विरुद्ध सर्वोच्च तथा उच्च अदालतमा मुद्धा चलिरहेको अवस्थामा विद्यालय व्यवस्थापन समितिले गरेको उक्त निर्णय प्रति विरोध हुन थालेको छ । नेपाली कांग्रेस क्षेत्रीय समिति र दमक नगर समितिले प्रअ झालाई अपमान हुने गरि राजनीतिक आस्थाका आधारमा हटाईएको भन्दै निर्णय सच्याँउन सात दिने अल्टिमेटम दिएका छन् । उक्त विद्यालयलाई देशकै नमुना सामुदायिक विद्यालय बनाउन अहोरत्र खट्ने इमान्दार प्रअ झाको योगदानलाई कदर गरिनुका सट्टा मानमर्दन गिर्ने गरि पदमुक्त गरिनु उचित कदम नभएको जनारी विज्ञप्तिमा उल्लेख छ ।
सोमबार दुवै समितिले संयुक्र प्रेस विज्ञप्ति जारी गरि उक्त निर्णय सर्वसत्तावादी सोचबाट आएकाले त्यसलाई डटेर लड्ने चेतावनी दिएका छन् । विज्ञप्तिमा भनिएको छ, –‘ सम्मानित अदालतले जारी शिक्षा ऐन कार्यान्वयन नगर्न भनेको छ,तर नगर सरकार बहुमतको आडमा मनपरी गरि कानुन मिच्ने काम गरेको छ । ’
यसअघि हिमाविमा नै केहि महिना अघि मात्र विद्यालय व्यवस्थापन समिति गठन भेलामा दलहरुवीच लफडा भएको थियो । कांग्रेससहितका दलहरुले नगरपालिकाले जारी गरेको शिक्षा ऐनको विरोध गर्दे उक्त भेला नै अवरुद्ध गर्न पुगेका थिए । अभिभावकहरुको प्रतिनिधित्व विना पनि समिति गठन गर्नुपर्ने नगरपालिकाको ऐन लागू गर्न खोज्दा विवादका बीच हातहालाहालको अवस्था वनेको थियो । विवादका कारण त्यही वेला समितिको भेला स्थगित भएको थियो ।
हिमाविमा ऐन मुताविक समिति वनाउन असफल भएपछि दमककै सरस्वती माविमा नगर सरकारले भेला डाके पनि त्यसको विरोधमा उत्रिएका दलहरुले फेरि असफल गराएका थिए । यसरी चौतर्फी विरोध चर्किएपछि नगर सरकारले कांग्रेससहितका दलहरुलाई डाकेर सहमतिबाट नै विद्यालय व्यवस्थापन गठन गर्न दलीय सहमति कायम गर्ने निर्णयमा पुग्न बाँध्य भएको थियो । ‘सहमति विना एकपक्षीय ढंगले अघि बढे त्यसको शसक्त प्रतिकार गर्ने छौं’ संयुक्त प्रेस विज्ञप्तीमा भनिएको छ । यसअघि समेत शिक्षा ऐनसहितका केहि ऐनहरु जनविरोधी भएको भन्दै विरोधमा उत्रिएका दलहरुले पटक पटक ध्यानाकर्षण गराउदै आएका थिए । नगरपालिकाकै परिषरमा कांग्रेसले संस्थागत रुपमा नै नगर सरकारले जारी गरेको शिक्षा ऐनको प्रतिलिपी जलाएका समेत थिए ।
यसैवीच नेपाल शिक्षक महासंघ झापाका उपाध्यक्ष वद्री कार्कीले विना भेदभाव स्थानीय सरकारले शिक्षकहरुलाई प्रोत्साहन गर्नको सटटा राजनीतिक आस्थाकै कारण हिमाविका प्रअ झालाई हटाएकोमा आपत्ति प्रकट गरेका छन् । उनले दमकको शिक्षा ऐन विरुद्ध सम्मानीत अदालतमा मुद्धा विचाराधिन रहदाँ एक्कासी विना कारण प्रअलाई पदमुक्त गरिनु न्यायसंगत नभएको दावी गरेका छन् । सबै शिक्षकलाई पेशागत एकता र धर्मका लागि दलिय स्वार्थ र ब्यक्तिगत लाभ भन्दा माथि उठेर आपसी पेशागत एकता दर्बिलो बनाउनु पर्ने उनको जोड छ ।

प्रकाशित मिति : ८ माघ २०७५, मंगलबार  ५ : १५ बजे