१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

झापाको दुई स्थानमा आगलागी ,१२ लाख बरारबको क्षति


२५ पुस २०७५, बुधबार  

0
Shares

20190109_122031
गौरीगंज २५, पुस / झापाको दुई स्थानमा आगलागी हुँदा रु १२ लाख बरारबको क्षति भएको छ । झापा गाउँपालिका–६ स्थित बलराम मुर्मूको घरमा मङ्गलबार आगलागी हुँदा रु तीन लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । आगलागी हुँदा घरमा रहेको अन्नपात, लत्ताकपडा तथा नगद रु २० हजार जलेर नष्ट भएको छ ।

त्यस्तै, मेचीनगर–४ स्थित पाथीभरा टोलका राजकुमार माझीको घरमा आगलागी हुँदा रु नौ लाख बराबरको क्षति भएको छ ।

आगलागीबाट घरको सबै सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २५ पुस २०७५, बुधबार  ६ : ३७ बजे