१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कांग्रेस प्रवक्ता शर्माको दौडाहा : चुनावी झल्को


२१ पुस २०७५, शनिबार  

0
Shares

20190105_193129

प्रवक्ता शर्माले कांग्रेस मनैदेखि कांग्रेसका लागि कांग्रेस भएर अघि बढ्नु पर्ने औल्याए

दमक २०, पुस / नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा शुक्रवार एकैदिन दमक ,कमल , गौरादह र गौरीगञ्जका आधा दर्जन बढी कार्यक्रमहरुमा सहभागी भएका छन् । विहान ९ वजेदेखि शुरु उनको जिल्ला दौडाहा साँझसम्म चलेको थियो ।

युवा नेता समेत रहेका शर्माले दमक र कमल गाउँपालिकाका विभिन्न स्थानमा पुगेर अलग अलग घट्नाका पीडितहरुसंग भेटघाट गरे । त्यस्तै, गौरादह र गौरीगञ्जमा पनि विभिन्न घटनामा मृत्यु भएका परिवारहरुसंग उनले भेटघाट राखे । दिउँसो गौरादहमा कांग्रेसले राखेको मेलमिलाप दिवसको औपचारिक कार्यक्रमलाई सम्बोधन गरे ।
शर्माका अनुसार राजनीतिक आस्था ,शुभेच्छकुसंगै विभिन्न घट्नाका पीडितहरुसंग भेटघाट गरिएको हो । उनले यसरी गरिएको भेटघाटलाई दुखसुख साटासाटा गर्ने अवसर मात्र अर्थ लगाए । उनले थपे,–‘राजनीतिक गर्ने मान्छेले अवसरमा मात्र केन्द्रीत हुनुहुदैन् ’ राजधानी केन्द्रीत बाक्लिएको उनको दिनचर्यालाई जिल्ला आएका बखत यसरीनै नौलो अभ्यासलाई निरन्तरता दिदैआएका छन् । भन्छन्,–‘समय रहयो भने एकमिनेट पनि एक्लै कहिल्यै बस्दिन्, साथीभाई, ज्येष्ठहरुसंग भलाकुसारी गर्न व्यस्त हुन्छु’
दमक १ बाट शुरु भएको उनको दौडाहामा पीडित परिवारसंगको भेटघाट र भलाकुसारी हेर्दा कताकता चुनावी कार्यक्रमको झल्को दिएको थियो ।
नेता शर्मा पार्टीले दमक –१ स्थित पार्टीका क्रियाशील कार्यकर्ता स्वर्गीय नरेन्द्र योङयाको निवासमा आयोजना गरेको शोक सभालाई सक्षिंप्त सम्बोधन गरे । आफ्ना केहि सहयोगी पार्टी कार्यकर्ताहरुसंग बिहान करिब सवा ९ बजे उनले त्यहाँ पार्टीका तर्फबाट प्रदान गरिएको समवेदना पत्र स्वर्गीय योङयाका नातेदार दाजु घनेन्द्र योङयालाई हस्तान्तरण गरे । तत्कालिन चुलाचुली गाविसका जनप्रतिनिधि समेत रहेका योङयाको दुर्घट्नामा परि करीब ७ महिना सम्म उपचारका क्रममा यसै साता निधन भएको थियो । स्वर्गीय योङया नेपाली कांग्रेसका महासमिति सदस्य सुरेश सुब्बाका सहोदर भाई हुन् ।
उनले स्वगीर्य योङयाका छोरा र अन्दाजी १० बर्षिया छोरीलाई शैक्षिक यात्रालाई निरन्तरता दिन आग्रह गर्दै पीडित परिवारका अन्य अभिभावकसंगसंगै सिंगो पार्टी , नेता कार्यकर्ताहरु साथमा रहेको भन्दै आश्वस्त पार्ने प्रयास गरे । त्यस लगत्तै अस्वस्थ भई दमकको एड्भान्स हस्पिटलमा उपचाररत नेपाली कांग्रेसका नगर सहसचिव दिपेश दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन भ्याए ।
सो लगत्तै नेता शर्मासहितको कार्यकर्ताहरुको टोली कमल गाउँपालिका तर्फ हानिएको थियो । कमलको वडा नं ६ मा गत असोजमा भएका दुई घट्नाका मृतक परिवारसंग उनले भलाकुसारी गरेर सुखदुख साटासाट गरे । उनले कमल ६ घर भई गौरीगञ्जमा हत्याको शिकार भएका दमकका व्यवसायी खेमराज पौडेलको परिवार र सडक दुर्घट्नामा ज्यान गुमाएका कमल ६ कै मोहन पौडेलको परिवारसंग घर–घरमै पुगेर भेटघाट गरि समवेदना प्रकट गरे ।
सो क्रममा नेता शर्माले कमल ६ स्थित निवासमै रहेका कांग्रेसका पुराना नेता पूर्णानन्द शर्मा र उहाँँको परिवारका सदस्यहरुसंग पनि संक्षिप्त भेटघाट गरे । उनलाई सो अवसरमा नेता शर्मा मार्फत राष्ट्रिय राजनीतिमा कांग्रेसको भूमिका कम्जोर हुन नहुने भन्दै सबै नेतृत्वलाई एकढिक्का भएर लोकतन्त्रको मर्म र भावना अनुसार देश चलाउन र असल प्रतिपक्षको भुमिका निर्वाह गर्दै सरकारलाई खबरदारी गर्न सुझाए । नेता शर्मा पैदल हिंडेरै कमलको ६ नम्बर वडाका पौडेलद्धयको घर परिवार र पुराना नेता पूर्णानन्द शर्माको घर हुँदै मंगलबारे चोक सम्म आउँदा बटुवा र घरबाट उनलाई नियालिरहेका सर्वसाधारणहरुसंग भलाकुसारी गरे ।
नेता शर्मासंगै कांग्रेस नेतृ एवम् संघीय संसद सदस्य महेन्द्रकुमारी लिम्बु , झापा क्षेत्र नं ५ बाट संघीय संसद सदस्यको निर्वाचनका प्रत्यासी उम्मेद्वार डा. खगेन्द्र अधिकारी, प्रदेश सभा सदस्यका उम्मेद्वार राजन ढुंगाना , कमल गाउँपालिकाको अध्यक्षका प्रत्यासी उम्मेद्वार हुकुमसिंह राईसहित पार्टी नेता कार्यकर्ताहरु उल्लेख्य संख्यामा सहभागि भएका थिए । सो क्रममा नेता शर्माले निर्वाचनको परिणामले कांग्रेसलाई जनताको घरदैलोमा सेवा गर्ने म्याण्डेड दिएको हुँदा त्यो म्याण्डेड नबिर्सन कार्यकर्ताहरुलाई आग्रह गरे । ठूलो र फराकिलो सोच विचार भएका कार्यकर्ताहरु भएको पार्टी कांग्रेस हुनाले सबैले उदार भावना राखेर जनताका सुखदुखमा साथ दिन पनि उनले कार्यकर्ताहरुलाई सुझाए ।

मनैदेखि कांग्रेस भएर अघि बढ््नु पर्ने खाँचो

प्रवक्ता शर्माले कांग्रेस मनैदेखि कांग्रेसका लागि कांग्रेस भएर अघि बढ्नु पर्ने औल्याएका छन् । झापाको गौरादहमा कांग्रेस नगर समितिले शुक्रवार आयोजना गरेको् ४२औं राष्ट्रिय मेलमिलाप दिवस सप्ताहब्यापी कार्यक्रमलाई सम्बोधन गर्दे प्रवक्ता शर्माले पार्टीमा एकता र विस्तारका लागि जुनसुकै र जस्तोसुकै भुमिका निभाउन सवै कार्यकर्ता तयार रहनुपर्ने बताए ।
कांग्रेसको महासमिति सदस्यको हालै सम्पन्न बैठकले पार्टी भित्रका गुटउपगुटहरुको अन्त्य भएको भन्दै उनले भने , –‘अव कांग्रेसमा कुनै पनि गुटको अस्तित्व छैन्, पार्टी भित्र कांग्रेसमात्र छ ।’
वर्तमान सरकारको आलोचना गर्दे युवा नेता शर्माले नेपाली जनतालाई कम्युनिष्टहरु प्रतिको भ्रम र प्रोपागाण्डाको बारेमा बुझने अवसर भएकाले अवका दिनमा नेकपालाई कजनताले राम्रो उत्तर दिने विश्वास व्यक्त गरे । वर्तमान सरकार संविधानको मूल्य मान्यतालाई विथोलेर अधिनायकवादतर्फ उन्मुख भएको उनको आरोप थियो । उनले कांग्रेसले जिम्मेवार प्रतिपक्ष भएर जनताका अधिकार र समृद्धिमा सक्रिय भूमिका निर्वाह गरिआएको बताए ।
कार्यक्रममा कांग्रेसका जिल्ला सदस्य बद्रि कार्कीले राष्ट्रिय मेलमिलापको नीतिका सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुत गर्दे प्रस्तोता कार्कीले नेपालको वर्तमान अवस्था २०३३ सालको भन्दा पनि कमजोर अवस्थामा रहेको र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिको क्रिडास्थल बन्दै गएको साथै बर्तमान सरकार तिनै शक्तिको कठपुतलीका रुपमा प्रस्तुत भएको उल्लेख गरेका छन् । कार्यपत्रमा देशमा कुशासन,भ्रष्टचार,दण्डहिनता बढ्ेकाले नेपालको राष्ट्रियता र स्वाधिनताको लागि पुनः सबै राष्ट्रिय शक्ति एक हुनु पर्ने आवश्यक्ता रहेको प्रस्तोता कार्कीले उल्लेख गरे ।
कांग्रेस नगर सभापति यादवराज सेढाईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा संघीय संसद सदस्य महेन्द्रकुमारी सुब्बा, क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी,गौरादह नगरपालिकाका प्रमुख रोहित कुमार शाह ,पूर्व संविधान सदस्य विश्वदिप लिङ्गदेन, कांग्रेस जिल्ला सचिव प्रम सम्बाहाम्फेलगायतले बर्तमान सरकार सर्वसत्ताबादी चिन्तनबाट ग्रसीत भएकाले त्यस विरुद्ध प्रतिबाद गर्नुपर्ने जोड दिए ।

प्रकाशित मिति : २१ पुस २०७५, शनिबार  १ : ४८ बजे