३० माघ २०८२, बिहिबार | Thu Feb 12 2026

वडा अध्यक्ष महताेमाथि भएकाे दुर्व्यवहारप्रति गाउँपालिकाकाे आपत्ति


१४ पुस २०७५, शनिबार  

0
Shares

गाैरीगंज १४, पुस / गाैरीगंज गाउँपालिका वार्ड नं ३ का अध्यक्ष मखना महताेलाई दुर्व्यवहार गरेकाे भन्दै गाउँपालिकाले आपत्ति जनाएकाे छ ।
गाैरीगंज गाउँपालिकाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै वडा अध्यक्ष महताेलाई गाली गलाैज गर्दै हातपात गरेकाेमा खेद प्रकट गर्दै कार्वाहीका लागि माग गरेकाे छ ।
गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएकाे छ ः ‘गाैरादह नगरपालिका वार्ड नं १ बस्ने भुपाल कटुवालले गलत प्रवृत्तिबाट उद्वत रहि वडा अध्यक्ष महताेकाे मानहानी हुनेगरी सार्वजनिक स्थानमा गरेकाे कार्य किमार्थ सभ्य, सज्जन र जिम्मेवार व्यत्तिकाे चरित्र हुदै हाेइन ।’ पुस १२ गते विहिवारका दिन विहान १० बजेतिर गाैरीगंज चाैकदेखि अल्तावारी बाटाे अन्तरगत चाैक नजिक बाटाे निर्माण गर्ने क्रममा निज कटुवालले आफ्नाेे जग्गा तिर मिच्दै नाला खनेकाे भन्दै महताेमाथि खनिएका थिए ।
बाटाे निर्माण कार्य हाल राेकिएकाे छ भने विवाद समाधानका लागि कुनै ठाेस कदम चालिएकाे छैन ।

प्रकाशित मिति : १४ पुस २०७५, शनिबार  २ : १४ बजे